काठमाडौं । पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टमा थप ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४६५१ जनाको नमुना परिक्षण गर्दा ४५७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १७७६ जना पुगेको छ ।

यता पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाको कारण १ जनाका मृत्यु भएको मन्त्रालयले जनाएको छ ।