साताकाे तेस्रो दिन आज (साउन ३ गते) मंगलबार नेपाली बजारमा सुनकाे र चाँदी दुवैकाे भाउ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सयले घटेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज मंगलबार तेजावी सुन प्रतितोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज मंगलबार ५ रुपैयाँले घटेकाे छ । आज चाँदीको मूल्य १० रुपैयाँ ले बढ्दै १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।