काठमाडौं ।उत्तरी चीनको तियान्जिनमा रहेको अपार्टमेन्ट भवनमा भएको ग्यास विस्फोटमा परी मङ्गलबार ११ जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन् ।
बेचेन जिल्लास्थित उक्त भवनमा बिहान ७स्१५ बजे भएको उक्त विस्फोटबाट भवनमा क्षति पुगेको छ ।

जिल्ला सरकारको प्रचार विभागका अनुसार पीडितहरूको शरिरमा चोट लागेको छ यद्यपि तिनीहरू खतरामुक्त भएको बताइएको छ।
उद्धार कार्य भइरहेको छ।