विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ ।

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी ७ बच्चा जन्मिएको घटना आज हामी उल्लेख गरिरहेका छन् ।‘गर्भ रहेपछि नै हामीलाई थाहा थियो कि एक भन्दा धेरै बच्चा गर्भमा छन् ।

पत्नीले स्वास्थ्य अवस्था बिग्रिएसँगै हामीले उपचार गराइरहेको निजी क्लिनिकले हामीलाई अस्पताल जाने सल्लाह थियो ।’पाकिस्तानको खैबर पख्नुन्ख्वास्थित एबटावाद सहरमा एकसाथ सातवटा बच्चाको पिता बनेका यार मोहम्मदको भनाई हो यो । उनी खुशीले गदगद छन् ।

बटग्रामका बासिन्दा हुन् मोहम्मद दम्पत्ति । हाल आमा र नवजात शिशुहरुको स्वास्थ्य अवस्था स्थीर रहेको अस्पतालको भनाइ छ ।

यार मोहम्मद दम्पत्तिका यसअघि नै दुईवटा छोरी छन् । अहिले ७ वटा जन्मिएसँगै उनका नौ सन्तान भएका छन् ।

यतिधेरै सन्तान हुँदा पालनपोषण कसरी गर्ने ? तर मोहम्मदलाई चिन्ता छैन । आफूहरु संयुक्त परिवारमा बस्ने भएकोले बच्चाबच्चीहरु सबैको सहयोगमा हुर्किनेमा उनी ढुक्क छन् ।