काठमाडौं ।भारत, झारखण्डको जमशेदपुरबाट एउटा अचम्मको घटना बाहिर आएको छ । जहाँ बेहुलाले हनिमुनको पहिलो दिन आफ्नी दुलहीको अगाडि अच्चमको शर्त राखेका हुन् ।

बेहुलाले राखेको शर्त सुनेर सबै छक्क परेका छन् । दुलहाले बेहुलीलाई भने, ‘पहिले आइएएस (भारतीय प्रशासनिक सेवा) बन, त्यसपछि म तिमीलाई श्रीमती मान्नेछु ।’ यति भन्दै श्रीमानले सम्बन्धविच्छेदको सूचना पठाएका थिए । त्यसपछि पिडित दुलहीले एमबीएमा स्वर्ण पदक जित्ने श्रीमान् बिरुद्ध ४९८ अन्तर्गत मुद्दा दर्ता गराएकी छन् । पीडितले न्यायका लागि अदालतमा निवेदन दिएकी हुन् ।

हनिमुनअघि बेहुलाले राखे दुलहीको अगाडि सर्त जमशेदपुरको पोटकामा बस्ने प्रदुत मण्डलले एमबीएमा स्वर्ण पदक पाएका केटासँग छोरीको विवाह गरेका थिए । उनले छोरीको खुशीका लागि आफ्नो सबथोक लगाएका थिए । तर हनिमुन अघि नै दुलहाले दुलहीको अगाडि यस्तो शर्त राखेपछि सबै हैरान छन् ।