काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको प्राथमिक शेयर (आईपीओ) आज (सोमवार) बाँडफाँट भएको छ । यसमा गोलाप्रथा मार्फत कुल २ लाख १७ हजार ६९४ जना सर्वसाधारण लगानीकर्ताहरूले शेयर  पाएका छन् । उनीहरू सबैले १० कित्ताका दरले शेयर  पाएका हुन् ।

यो आईपीओमा कुल १४ लाख ९१ हजार ७२२ जनाले आवेदन दिएकामा १ हजार ४२४ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले असार २९ गतेबाट साउन १ गतेसम्म कुल २३ लाख ६६ हजार २४० कित्ता आईपीओ जारी गरेको थियो । जसमध्ये ५५ अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ३५ अर्थात् ७० हजार ९८८ कित्ता शेयर  कर्मचारीहरूका लागि छुट्याइएको थियो ।