काठमाडौं- बुधबार सुनको मूल्यमा गिरावट आएको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा मंगलबारको तुलनामा सुन प्रतितोला दुईसय रुपैयाँले घटेको छ।

छापावाल सुन बरधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने बुधबार प्रतितोला पाँच रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।