काठमाडौं । साताको अन्तिम दिन आज पनि नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८सय रुपैयाँ बढेको हो । बिहीबार पनि सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ नै बढेको थियो ।

बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको हो ।