दोहा – हेल्प मधेशी कतार च्यापटरद्वारा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।

अगामि ०९ सेप्टेम्बर २०२२, शुक्रबारका दिन बिहान ८ बजेदेखी हमाद हस्पिटल स्थित “ब्लड डोनरसेन्टरमा” रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । संस्थाका अध्यक्ष रामकुमार यादवका अनुसार हेल्प मधेसी कतारको आयोजनामा साथै कतारमा स्थापित विभिन्न नेपाली संघ संस्थाहरुको सह – आयोजनामा `रक्तदान´ कार्यक्रम गरिने उनले बताए ।

रक्तदान कार्यक्रममा संस्थागत सहभागी हुनको लागी साथै उक्त पुण्य एव मानवीय कार्यको लागी कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण संघ,संस्थाका प्रमुखहरु, साथै कतारवासी समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा वृहत् सहभागिताको लागि अनुरोध गरेका छ्न ।