जनकपुरधाम । धनुषाको महिनाथपुर नाकाबाट लागूऔषधसहित दुईजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको सबैला नगरपालिका–४ बिनटोलि बस्ने २१ वर्षीय राजकिशोर मुखिया र सोही ठाउँ बस्ने २२ वर्षीय शत्रुधन यादव रहेका छन् ।
धनुषाको विदेह नगरपालिका–१ महिनाथपुरस्थित सिमानाकामा सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि.महिनाथपुरबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक गणेश दत्त पाण्डेय नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री मुखिया र यादवलाई शंका लागी चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट डाइलेक्स डिसि दुई बोतल र नाइट्राभेट–१० ट्याब्लेट ३०० पिस बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरु दुबैजनालाई लागूऔषधसहित आवश्यक कारवाहिका लागि ईलाका प्रहरी कार्यालय खजुरीमा बुझाईएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
Discussion about this post