मधेशटप,संवाददाता । महाेत्तरीकाे गाैशाला नगरपालिकामा बुधवार अपांग परिचय पत्र वितरण गरेका छ । सरकारले निर्धारण गरेकाे पुर्व कार्यक्रम अनुसार गाैशाला नगरपालिका भरीकाे अपांगहरुलाई परिचय पत्र मापदण्ड अनुसार वितरण गरेकाे महीला बालबालिका तथा जेष्ठ नागरिक कार्यालयका प्रमुख स्मिता कुमारी शर्माले जानकारी दिईन ।

गाैशाला नगरपालिककाे भवनमा ७६ जना विरामीहरुकाे चेक जाँच गरी अपाँग परिचय पत्रकाे लागि सिफारिस गरिएकाे डा. शम्भु खडका यादवले जानकारी दिए ।

साे कार्यक्रममा गाैशाला नगरपालिकाका उप-प्रमुख रेणु देवी महताे, महीला बालबालिका अधिकृत स्मिता कुमारी शर्मा, पंचिकरण विभागका कर्मचारी विनिता कुमारी यादव, शिक्षक संघका सदस्य जितेन्द्र कुमार सिंह तथा स्वास्थ्यक्रमीहरुकाे उपस्थिति रहेका थिए ।