मधेशटप,संवाददाता । मनाङकाे तल्लो क्षेत्रका किसानलाई स्याउ टिप्न चटारो परेको छ।हिमाली जिल्ला मनाङको तल्लो क्षेत्रका किसानलाई स्याउ टिप्न चटारो छ। नासोँ गाउँपालिका- ८ ताचैका सोलबहादुर गुरुङका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याई छ। भदौ लागेसँगै उनको परिवार बिहानैदेखि बगैँचामै स्याउ टिप्न व्यस्त हुन्छन्। उनको बारीमा गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउ फलेका छन्।

किसानका अनुसार तल्लो क्षेत्रका नासोँ गाउँपालिका- २ ताचै, ४ ओडार, ७ तिल्चे, ९ दानक्युलगायत क्षेत्रमा स्याउ खेती गरिएको छ।

ती क्षेत्रमा पनि स्याउ टिप्न सुरु भएको छ। मनाङको तल्लो क्षेत्रका किसानले पनि इटालीबाट बिरुवा ल्याएर ४ वटै जातको स्याउलाई हाइडेन्सिटी प्रविधिमा लगाइएका छन । सोलबहादुर गुरुङले जानकारी दिएका छन् ।