मधेशटप,जनकपुरधाम- धनुषा प्रहरीले अवैध रुपमा बालुवा, गिट्टि उत्खनन गर्ने चारवटा सवारी साधनहरुलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भरतपुरवाट खटेको प्रहरी टोलीले धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित चारनाथ खोलावाट अवैध रुपमा बालुवा गिट्टि उत्खनन गरेको अवस्थामा प्र २–०३–००१ क ००२६ नं.को टिपर, ना १ क ५७८१ नं.को JCB, ना ३ त ३३२९ र ज १ त ६८३५ नं.को ट्याक्टरहरू समेतलाई नियनत्रणमा लिई आवश्यक कारवाहीको लागी गणेशमानचारनाथ नगरपालिकाको कार्यालय धनुषामा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।