अर्थ राज,

मधेश आन्दोलनको उपलव्धी ब्याख्या गर्दै पनि कम देखिन्छ । जसको श्रेय बास्तबमा जनता समाजवादी पार्टी नेपाल ९जसपा ० तथा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई दिएकोमा कुनै आपत्ति देखिदैनन् ।

हुन त मधेशले दर्जनौं नेता जन्माए कयौं मन्त्री बने तर मधेशसहित कार्य गर्न असफल भए । एक समय यस्तो पनि थियो कि मधेशी समुदायलाई देशभरी नै हेला गरिन्थ्यो तर त्यही भूमिमा जन्मेका उपेन्द्रको इच्छा मधेशलाई सबल बनाउने रहरले आज मधेशी जनसमुदाय उच्चस्तरीय रुपमा देखिएको छ ।

उपेन्द्र यादवका सपना र सोचहरु थुप्रै छन् । उहाँ कम बोल्नु हुन्छ तर परिणाममूखि काम गर्न रुचाउनुहुन्छ । उहाँको पहलमा भएका दर्जनौ कार्यहरु छन्, यहाँ लेख्न साध्य पनि छैन । फेसबुकमा धेरै कुराहरुले सामाजिक सञ्जाल तातिरहँदा र त्यसमा सचेत जमातले पनि वास्तविकता नै नबुझी ह मा ह मिलाई रहेको देख्दा कताकता राम्रा काम गर्न चाहनेहरुलाई निरुत्साहित पारिरहेको हुन्छ ।

तर यिनै कुराहरूलाई छेउमा राखी कामहरु नमुनाको रुपमा ल्याएको कर्मवान नेता हुन उपेन्द्र यादव । देखाएको सपनालाई विपनामा परिवर्तन गर्न कुनै कसर छाडेका होइन्न।

१. मधेशी कोटा आरक्षण जसले सम्पूणर् सरकारी निकायहरुमा मधेशी समुदायका व्यक्ति उच्च ओहोदादेखि विभिन्न बिभागमा प्रमुखको पदमा प्रचार मात्र आसिन वा पाएको छ । यति मात्रै होइन नेपालका सम्पूणर् पार्टीहरुको पदमा मधेशी समुदायका नेता खुल्ला रुपमा पदमा आसिन नरहेको तिनीहरु पनि मधेशी कोटामा नै पदमा आरक्षण पाएकोले नै स्थान पाएको छ उक्त बाहेकको पद कसैले पाएको देखिदैन साथै उक्त पार्टीहरुमा सम्मान मधेश आन्दोलनले नै पाएको छ जब कि तिनीहरुलाई पूर्वमा हैसियत नरहेको ठानिथ्यो ।

२. नेपालको पहिलो राष्ट्रपति र उप रास्ट्रपति मधेशी समुदायको व्यक्तिलाई बनाउन सफल नेतृत्व कर्ता हाल जसपा,नेपाल तथा तत्तकालिन मधेशी जन अधिकार फोरम नेपाल र उक्त पार्टीको अध्यक्ष उपेन्द्र यादव नै हुन ।

३.मधेश आन्दोलनमा मधेशी शहीदको सपना मधेश प्रदेश नमाकरण र जनकपुरधामलाई राजधानी बनाउन अहम भूमिका र नेतृत्व कर्ता , पहल कर्ता तथा सफलता दिलाउने जसपा,नेपाल पार्टी र अध्यक्ष यादव नै हुन।

४. बिगतका केन्द्रीय सरकारहरुमा मधेशी समुदायको प्रतिनिधित्व न्यून हुन्थ्यो तर केही बर्ष पूर्व देखि हालसम्म बन्ने सम्पूणर् सरकारमा मधेशी समुदायको प्रतिनिधित्व उल्लेखिय हुनुको श्रेय मधेश आन्दोलन र आन्दोलनको नेतृत्व गर्ने अध्यक्ष यादवले गर्दा आएको देखिन्छ।

५. मधेश बिश्व विद्यालय,पर्सा वीरगञ्जमा स्थापना गराउन सफल नेतृत्व कर्ता जसपा नेपाल नै हुन ।

६.जनकपुरधामको प्रवेशद्वारमा मधेश प्रवेशद्वार सहित मधेश आन्दोलनमा सहादत गरेका बीर शहीदहरुको प्रतिमा सहित स्थापना बनाउन लगाउनेको नेतृत्व कर्ता जसपा,नेपाल पार्टी नै हुन।

७.कृषि बिश्व विद्यालय राजबिराजमा स्थापना,र अस्पताल गराउन नेतृत्व कर्ता जसपा,नेपाल र अध्यक्ष यादव नै हुन।

८.मधेश स्वास्थ बिज्ञान प्रतिष्ठान, जनकपुरधाममा स्थापनामा अहम भूमिका खेल्ने जसपा,नेपाल पार्टी र अध्यक्ष यादव नै हुन।

९.वर्तमान मधेश प्रदेशमा गाउँ गाउँ सङ्ग जोडने कालो पत्रे, पिसिसी ढलान प्रायः मधेश सरकारकै लगानीमा बनाउन लगाएर मधेशलाई समृद्ध बनाएको देखिन्छ।

१०.मधेशमा विभिन्न मठ,मन्दिर, पोखरी, मदरसा, कब्रस्तान सौन्दर्यकरणमा अहम भूमिका मधेश प्रदेश सरकारको रहेकोे छ।

११. बेटी पढाउ,बेटी बचाउ सम्बन्धित विभिन्न कार्यक्रमबाट समाजमा बेटीको हौसला बढाउन अग्रसरता देखाउने बास्तवमा मधेश सरकारले नै हुन।
१२. नेपालमा संघीयता कार्यावयन गराउन अग्रसरता देखाउने एक मात्र पार्टी जसपा नेपाल छन् ।

त्यस्तै, अन्य पनि थुप्रै महत्वपूणर् कार्यहरु उहाँकै स्पष्ट भिजन अगुवाइमा भएको हो तर सबै लेखेर नि हुँदैन । तर अहिले पनि मधेशमा राजनीतिको नाममा काँग्रेस, एमाले लगायतका पार्टीहरुले सधैं मधेशी जनताकै भोट लिएर मधेशी जनता माथि उत्पीडन गर्ने कार्यलाई निरन्तरता दिइरहन्थ्यो ।

हाम्रा पिता पुर्खाहरुले ती पार्टीहरुको झण्डा र झोला बोकिरहनु भो । नेताज्यूहरुले हाम्रा र भावी सन्ततीका लागि सोची दिनुहुने छ भनी आशमा त्यही कांग्रेस कम्युनिष्टको झोला बोक्दा बोक्दै संसारबाट विलिन हुनुभयो ।

ती पार्टीहरुको झोला बोक्दै हाम्रा बाबु बाजेको काँध खिइसकेको छ तर अझैं पनि मोह टुटेको छैन । अझैं दलित एवम् विपन्न वर्गलाई हतकण्डा बनाएर वहाँहरु भोट बटुल्ने दाउमा हुनुहुन्छ । हाम्रा पिता पुर्खाहरुको जीन्दगी त्यसै बित्यो,के हामी पनि गुलामीको जञ्जीरलाई नासोको रुपमा बोकी रहने हो ?