गणेश कुशवाहा ,गौशाला ,भदौ २४ गते । गौशाला नगरपालिका वडा नं ४ स्थित रजखोरमा  प्रतिनिधि सभा सदस्य  माननीय दिल कुमारी साह द्वारा २५ ओटा कुर्सी पुजा महिला समुहलाई प्रदान गरिएको छ ।

उक्त समुहको अध्यक्ष मिना देवी साह ,उप-अध्यक्ष सुनौना देवी साह र सचिव विल्टुनिया साह लगायतका समुहको सम्पुर्ण सदस्यको उपस्थितिमा माननीय साहद्वारा कुर्सी हस्तान्तरण गरिएको हो।

पुजा महिला समुह करिब ३५ जना महिला सदस्यहरु मिलाएर समुह बनाएको छ । यो समुह करिब २२ वर्ष देखि संचालनमा रहेको समुहको अध्यक्षले बताइन ।

पुजा समुहका सदस्यहरु द्वारा करीब १५ लाख रकम  जम्मा भईसकेको समुहका अध्यक्ष साहले बताइन । जम्मा भएको रकम समुहका सदस्यलाई कर्जा दिने गरेको समुहका सचिब बिलटुनिया साह बताईन ।

उक्त कार्यक्रममा मधेश प्रदेश सरकार गृह तथा सञ्चार मन्त्रालय मन्त्री भरत प्रसाद साहका सोक्य सचिव , वडा ४ का बुद्धजिवि समाजका भरभलादमिहरुको उपस्थिति थियो ।