जनकपुरधाम । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’ मा राहुल पाण्डेयको व्यापक चर्चा चल्न थालेको छ ।
उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पालिका पिपरा गाउँपालिका जिताउन महत्वपूणर् भूमिका निर्वाह गरेका कारण उनको नाम चर्चामा आउन थालेको छ ।
जसपावाट टिकटका लागि मिनु झा समेत प्रयासरत्त रहेको बेला महोत्तरी ३ को ‘क’ वर्तमान राजनीति अवस्थामा राहुल मिनु झा भन्दा उपयुक्त उम्मेदवार रहेको पिपरा गाउँपालिका १ का प्रेम यादव बताउँछन् ।
उनले भने,‘मिनु झा भन्दा बढी राजनीतिक लगानी राहुल पाण्डेको को छ, पार्टीले नेता कार्यकर्ता संग न्याय गर्नुपर्दछ । मिनु झा एक महिला नेतृ छन् उनलाई पार्टीमा समय अझ विताउनु आवश्यक छ ।’
यादव तत्कालीन मधेशी जनअधिकार फोरमदेखि नै उपेन्द्र यादवको साथमा छन् र उनी निरन्तर पार्टी पंक्तिका लागि युवा नेता पाण्डेय उभिने गरेका छन् ।
उनको लगनशीलता र जनता माझ रहेको छविकै कारण पिपरा गाउँपालिका जिताउन सफल भएका स्थानीयहरु बताउँछन् ।
‘जनताबीच पाण्डेयको चर्चाले महोत्तरी क्षेत्र नम्बार ३ को ‘क’ मा अहिले पाण्डेय बलियो स्थितिमा देखिन्छन’ यादवले भने, ‘यस क्षेत्रमा जित्नका लागि युवा नेता आजको आवश्यक रहेको देखिन्छ भन्दै आउने चुनावमा राहुल नै चाहिन्छ नत्र, अरु पार्टीले जित्नेछ ।’
Discussion about this post