MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

उधोग बाणिज्य संघ सप्तरीले, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति बिरुद्ध प्रदर्शन गर्दै बुझाए ज्ञापनपत्र

माधेशटप माधेशटप
२०७९ आश्विन १३, बिहीबार १२:०६
उधोग बाणिज्य संघ सप्तरीले, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति बिरुद्ध प्रदर्शन गर्दै बुझाए ज्ञापनपत्र

उमेश कुमार साह : 

राजबिराज : सप्तरी उद्योग बाणिज्य संघ राजबिराजले नेपाल राष्ट्र बैंकको मौद्रिक नीति बिरुद्ध प्रदर्शनमा उत्रेका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीति र चालू पुँजी कर्जा मार्गदर्शन २०७९ व्यापारीको अहितमा रहेको भन्दै सच्चयाउन गभर्नरलाई ज्ञापन समेत पठाएका छन् ।

व्यवसायीको प्रकृति अनुसार फरक चालू पूँजी रकम आवश्यक पर्ने हुँदा २ करोड रुपैयाँ भन्दा बढी चालु पूँजी कर्जाको सिमा निर्धारण गर्दा हरेक थरिका व्यवसायीको लागि २५ प्रतिशत मात्र गरिनु अव्यवहारिक देखिएको ज्ञापनमा भनिएको छ । व्यवसायीको कूल व्यापार, बजारमा बाँकी बक्यौता र मौज्दातलाई आधार मानी अधिकतम् ५० प्रतिशतको प्रावधान राखिनुपर्ने माग ज्ञापनमा गरिएको छ ।

शर्त अनुसार कर्जा रकम व्यवसायिक प्रयोजनमा उपयोग गरे÷नगरेको यकिन गर्न अनुगमन गरिनुपर्ने र जसले अन्यत्र प्रयोग गरेको छ, त्यसलाई कारवाही गरिने प्रावधानहरु प्रति आफूहरुको आपत्ति नभएपनि अनुगमन गर्ने बैंकले सरोकारवाला व्यवसायिक प्रतिष्ठानमा यथेष्ठ चालु पूँजीकर्जाको अभावका कारण कुनै उचित समस्या भेटाउँदा सोको निराकरणको लागि समेत थप कर्जाको सुविधा उपलव्ध गराउन सक्ने प्रावधान पनि थपिनुपर्ने माग गरिएको छ ।

यस्तै, चालु पूँजी प्रयोजनको आवद्यिक कर्जाको सीमा निर्धारण गर्दा कम्तीमा ५ वर्षको अनुमानित वित्तीय विवरण र ३ वर्षको लेखा परीक्षण भएको विवरणको विश्लेषण गरिनुपर्ने सम्बनधमा मार्गदर्शन गरिएको व्यवस्था संशोधन गरी ३ वर्षको अनुमानित वित्तिय विवरण र २ बर्षको लेखापरीक्षण विवरणको व्यवस्था गरिनुपर्ने सुझाव दिइएको छ ।

ऋणीको चालू सम्पत्ति र चालु दायित्वको विवरण अद्यावधिक गर्न ५ करोड सम्मको हकमा ग्राहक स्वयंबाट मासिक रुपमा प्रमाणित विवरण बुझाउनुको साटो त्रैमासिक गरिनुपर्ने र ५ करोड भन्दामाथिको कर्जाको हकमा ऋणी संस्थाको आन्तरिक लेखा परिक्षणवाट प्रमाणित गरी त्रैमासिक विवरण बुझाउनुपर्नेमा यसको सीमालाई १५ करोड गरिनुपर्ने सुझाव दिदैं अनुमानित वित्तिय विवरण बार्षिक रुपमा नभई अर्धबार्षिक रुपमा लिई विश्लेषण गरिनुपर्नेमा जोड् दिइएको छ ।

मार्गदर्शनमा कर्जा रकम व्यावसायीक प्रयोजनको लागि कर्जा खाताबाट सोझै रकमान्तर गरेर मात्र कारोवार गर्नुपर्ने र मासिक रुपमा कर्जा सीमाको २ प्रतिशतभन्दा बढी रकम सोझै वा अन्य खातामा रकमान्तर गरेर नगद झिक्न नपाईने व्यवस्था उपयुक्त नभएकोले मासिक २ प्रतिशतको ठाउँमा बार्षिक २५ प्रतिशत लेखेर संशोधन गरिनुपर्ने माग पनि ज्ञापनमा गरिएको छ ।

नवीकरण हुने प्रकृतिका सम्पूर्ण चालू पूँजीकर्ता खाता आर्थिक बर्षको कुनै एक समयमा उद्योग व्यवसायको प्रकृति अनुसार कम्तीमा लगातार ७ दिन शुन्य बक्यौता कायम हुनुपर्ने व्यवस्था अव्यवहारिक भएकोले यसको खारेजी गर्नुपर्ने माग पनि गरिएको छ ।

ज्ञापनमा बाणिज्य बैंकहरु–ारा नियम विपरित बढाइएको प्रिमियम व्याजदर सम्बन्धित ऋणीलाई नै फिर्ता गर्न सम्बन्धित बैंकहरुलाई नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयनको लागि समेत अनुरोध गरिएको छ । नेपाल राष्ट्र बैंकले जारि गरेको मौद्रिक नीति र चालु पुँजी कर्जा, मार्गनिर्देशन २०७९ को बिरोधमा विभिन्न प्ले कार्ड र ब्यानरसहित बजार क्षेत्र परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालयमा पुगेका व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मार्फत नेपाल राष्ट्र बैंक र नेपाल सरकारलाई १५ बुँदे ज्ञापनपत्र समेत बुझाएका छन् ।

नेपाल राष्ट्र बैंकका गर्वनरलाई सम्बोधन गर्दै बुझाइएको ज्ञापनपत्रको बोदार्थ प्रधानमन्त्री र अर्थमन्त्री समेतलाई दिइएको छ ।

ज्ञापन बुझाउनुअघि विभिन्न प्ले कार्ड र ब्यानर बोकेका व्यापारी नगरको बिभिन्न भाग परिक्रमा गरेको थियो ।

सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालले नेपाल राष्ट्र बैंकले जारि गरेको मौद्रिक नीति र पुँजी कर्जा मार्गदर्शन २०७९ ले उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय सबै चौपाट हुने अवस्थामा पुग्ने भएकाले त्यस बिरुद्ध आन्दोलन गर्नु परेको बताएका छन् ।
देशको अर्थतन्त्र धान्ने उद्योग व्यवसाय र व्यपार क्षेत्रमाथी चौतर्फि आक्रमण हुन थालेको भन्दै बैंकले ८ प्रतिशतबाट एकै पटक १६÷१७ प्रतिशतसम्म ब्याज लिएको र अर्कोतर्फ नयाँ मौद्रिक नीतिले उद्योगि व्यवसायीलाई थप संकटमा धकेल्ने काम गरेको उनको भनाई छ ।
चाडपर्वको समयमा बजारमा निकै चहलपहल देखिएपनि उद्योगि व्यवसायीहरुले आ–हाफ्नो पसल, प्रतिष्ठान, उद्योग दुई घण्टाका लागि बन्द गरि प्रदर्शनमा सहभागि भएका थिए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी थापाले तत्कालै सम्बन्धीत निकायमा पठाई आवश्यक पहल गर्ने विश्वास दिलाएका थिए ।

सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालबाबु अग्रबालको नेतृत्वमा व्यापारीहरु प्रदर्शन गर्दै ज्ञापन पठाएका हुन् ।

तपाईको प्रतिक्रिया !

Related Posts

प्रचार विभावको संयोजकमा दीपक

प्रचार विभावको संयोजकमा दीपक

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना  गम्भीर घाइते

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गम्भीर घाइते

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

‘लम्पी स्किन रोग नियन्त्रणमा आएको छ’

‘लम्पी स्किन रोग नियन्त्रणमा आएको छ’

कन्टिर झा नमूना विद्यालयमा मतदान जारी

कन्टिर झा नमूना विद्यालयमा मतदान जारी

ताजा खबर

प्रचार विभावको संयोजकमा दीपक

प्रचार विभावको संयोजकमा दीपक

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt olu

‘मैथिली भाषा सङ्कटमा’

अभिवादन

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना  गम्भीर घाइते

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गम्भीर घाइते

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop