काठमाडाैं । तीन निर्वाचन क्षेत्रमा दुवै दलको दावी परेपछि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम अड्किएको छ। स्रोतका अनुसार एमालेसँग गठबन्धन गर्दा मधेस प्रदेशमा १६ सहित जसपाले २५ सिटको अपेक्षा गरेको छ।
तर एमालेका नेताहरु जसपालाई २२ सिटसम्म दिन तयार देखिएका छन् । जानकारी अनुसार तीन निर्वाचन क्षेत्रमा दुवै दलको दावी छ। बारा २, धनुषा २ र बाँके २ मा दुई दलबीच सहमति जुटेको छैन।
धनुषा २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर एमाले प्रवेश गरेका उमाशंकर अरगरिया र जसपा दुवैको दावी छ। यसैगरी बाँके २ मा एमालेले राप्रपाका महामन्त्री धवलशमशेर राणालाई सघाउने बचन दिइसकेको छ भने जसपाका मो. ईस्तियाक राई उम्मेदवार बन्न चाहान्छन्। राई निवर्तमान सांसद र बहालवाला मन्त्री हुन् ।
प्रदेशमा पनि केही क्षेत्रमा सहमति हुन बाँकी छ । एमाले नेता प्रदीप ज्ञवालीले भने आफूहरु सहमति नजिक जनाएका छन् ।
Discussion about this post