२३ असोज, बोदे बर्साईन ।
सप्तरी जिल्लाको क्षेत्र नम्बर— ४ (ख) बाट स्वतन्त्र उम्मेदवारको रुपमा नेता अनिरुद्व सिंह यादवले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो । निर्वाचन अधिकृतको कार्यालय कल्याणपुरमा समर्थकहरु तथा कार्यकर्ता सहित पुगि उम्मेदवारी दर्ता गराएको हो । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अनिरुद्ध कुमार सिंह यादव स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छ्न।

पार्टीका केन्द्रीय सदस्य रहेका अनिरुद्धलाई क्षेत्रिय कमिटीले सप्तरी प्रदेश सभा ४(ख )टिकटका लागि एकल सिफरिस पठाउदाँ पनि पार्टीबाट टिकट नपाएपछि यादव रुष्ट भएका छन् ।
पार्टीले पद्धति विपरित केन्द्रीय कार्यकारणी समिती गरेको निणर्य विरुद्ध विद्रोह गरि म स्वतन्त्र उम्मेदवारी दिने बाध्य भएको अनिरुद्धले बताए । मेरो नाम एकल रुपमा सिफारिस भएकोमा अरुलाई टिकट दिएको जिकिर गरे ।