MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

दाइजो प्रथालाई चुनौती दिँदै अभिषेक र पूजाले गरे सुपर आदर्श विवाह

माधेशटप माधेशटप
२०७९ आश्विन २८, शुक्रबार २१:२५
दाइजो प्रथालाई चुनौती दिँदै अभिषेक र पूजाले गरे सुपर आदर्श विवाह

बोदे बर्साईन , २८ असोज ।
उमेश कुमार साह

कानूनले दाईजो प्रथालाई अपराध मानेको छ । समाजले संस्कारको रुपमा मान्दै आएको दाईजोले प्रथाको रुप धारण गरेपछि विकृति बढेको छ । समाजमा चलेको दाईजोको चलनले गरिब विपन्न परिवारका छोरीहरुको सामाजिक परम्परा अनुसार विवाह गर्नपनि समस्या हुने गरेको छ । विशेष गरी मधेसी समुदायमा दाईजोको चलन बाध्यता जस्तै बनेको छ ।

दाईजो विना विवाह गर्नेलाई घर परिवारले पनि नस्वीकार्ने तथा सामाजमा पनि गलत दृष्किोणले हेर्ने गरेकै कारण दाईजो बाध्यात्मक परिस्थिति बन्ने गरेको छ । कतिपय दाईजो विरोधी अभियानमा लाग्ने अभियन्ताहरु नै सामाजको बहिष्करणमा पर्ने डर र भयले दाईजोको विरोधी हुँदाहुँदै पनि छोराछोरीको विवाहमा दाईजो लिनेदिने काममा संलग्न हुनुपर्ने बाध्यता छ ।

समाजमा कतिपयको दाईजो दिन नसकेकै कारणले पनि विवाहहरु रोकिने घटनाहरु हुने गरेका छन् । दाईजोकै निहुँमा कति मधेसी समुदायका छोरीचेलीहरुले अकालमा ज्यान गुमाउनु परेको घटनाहरुपनि भएका छन् । तर, समाज भने अझै संस्कार र प्रथाको रुपमा मान्यता दिदै यसलाई प्रचलनमा ल्याइरहेका छन् ।


कानूनले पनि दाईजो लिने र दिने अपराध नै मानेको र समाजको चेतनास्तरमा पनि आएको परिवर्तनले पछिल्लो समयमा भने कतै कतै समाजलाई चुनौती दिने खालको आदर्श विवाहहरु पनि हुने गरेको छ । एकजोडीले यस्तै विवाह गरेर समाजका लागि आदर्श जोडी बनेका छन् ।

सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नं. ७ हैठी बस्ने शिक्षक एवं समाजसेवी अरुण कुमार यादवका छोरा अभिषेक यादव (हाल अभिषेक यादव एम.पि .ए को कोर्स गरेर अस्टेलियामा हुनुहुन्छ ) र सिरहा जिल्लाको अर्नमा गाउँपालिका वडा नं. २ अर्नमा बस्ने स्व.नागेन्द्र प्रसाद यादवकी छोरी पूजा यादव( बि.एस.सि. नर्सिङ )ले दाईजो बिना नै विवाह गरेका छन् ।

उनीहरु दुवैजना यहि बर्ष दशैको टीका दिन १९ गते मधेस प्रदेशको राजधानी स्थित रामजानकी मन्दिर जनकपुरधाममा हिन्दु परम्परा अनुसार वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

दाईजो बिना नै विवाह गरेका जोडीको निर्णयले मधेसमा् विकृतिको रुपमा फैलिएका दाईजो प्रथालाई निरुत्साहित गर्न सकिने विश्वास गरिएको छ । तराई मधेशमा विपन्न देखि सम्पन्न परिवारका युवाहरुले समेत विवाहमा दाइजो लिने गरेको चलन परम्परा नै बन्ने हो कि भन्ने समाजमा चिन्ता छाएको छ ।
यादवले आदर्श विवाह गर्ने स्वघोषणाले समाजमा सकारात्मक संदेश प्रवाह भएको अभिषेक यादवको भिनाजु इलेक्टि्रकल ईन्जिनियर बिरेन्द्र कुमार यादवले बताउनुभयो ।

छोरीलाई दाईजो नदिईकन विवाह गर्न पाउँदा आर्थिक भार पनि नपरेको र यसले समाजलाई सकारात्मक सन्देश दिएको पूजा यादवका आफन्तले बताउनुभयो । यसअघि पनि यस्ता आदर्श विवाहरु हुदै आएका छन् । तर, परम्परागत सोच भएका समाजमा भने यस्तो विवाहको स्वीकार्यता सहज भएको छैन ।अभिषेक यादवको भनाइ अनुसार जति मेहनत छोरालाई अगाडी बढाउन लाग्छ , छोरीलाई पनि त्यो नै समय र खर्च लाग्दै आएको छ । हाम्रो समाजमा रहेको केही ब्याक्तीको कारणले छोरीले मात्रै यो प्रथालाई भोग्दै आएका छन। हुन त शिक्षामा म एम.पि.ए पास र मेरो श्रीमती बि.यस. सि नर्सिङ पढेका छौ तर हाम्रो परिवारमा वुवा भरखरै शिक्षकबाट रिटाइर भएको र दाजु राजिव यादव ईन्जिनियर भाउजू सरिता यादवले एम.यस.सि नर्सिङ को शिक्षा हासिल गरेर एम.फिल रनिङमा रहेको कारण हाम्रो परिवारको सम्पुर्ण सदस्य अनुभवी र शिक्षामा उच्च हासिल सफल भएको कारण परिवारको मिलोमतोमा हामीले आदर्श विवाह गरेका छौं । आदर्श बिवाह पछि बेस्ट भइ ,आज समय मिलाएर एक परम्परा अनुसार समाजिक भोज गरेका छन। भोजको कार्यक्रममा मधेसटप अन्लाईन खबरका सप्तरी सम्वाददाता उमेश कुमार साहले कुराकानी गरि यो रिपोर्ट तयार पारेका छ।

तपाईको प्रतिक्रिया !

Related Posts

मधेश सबै क्षेत्रमा पछाडि छ : स्वास्थ्यमन्त्री सिंह

मधेश सबै क्षेत्रमा पछाडि छ : स्वास्थ्यमन्त्री सिंह

प्रचार विभावको संयोजकमा दीपक

प्रचार विभावको संयोजकमा दीपक

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना  गम्भीर घाइते

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गम्भीर घाइते

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

‘लम्पी स्किन रोग नियन्त्रणमा आएको छ’

‘लम्पी स्किन रोग नियन्त्रणमा आएको छ’

ताजा खबर

मधेश सबै क्षेत्रमा पछाडि छ : स्वास्थ्यमन्त्री सिंह

मधेश सबै क्षेत्रमा पछाडि छ : स्वास्थ्यमन्त्री सिंह

प्रचार विभावको संयोजकमा दीपक

प्रचार विभावको संयोजकमा दीपक

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt olu

‘मैथिली भाषा सङ्कटमा’

अभिवादन

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop