जनकपुरधाम । जनकपुरधाम वार्ड नम्बर १३ मा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जनकपुरधाम जनकनन्दनी होस्पिटल प्रा.लि र श्री बाबा सेवा समाज, धनुषाको संयुतमा आयोजनामा जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर १३ पिडारी पछियारी टोलमा १ दिने नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
अहिलेको समयमा पनि सबै मानिसको अस्पतालसम्म पहुँच नभएको र सानोतिनो समस्यामा अस्पताल नजाने चलन भएकाले नियमित जाँच गर्ने र स्वास्थ्यको ख्याल राख्ने बानीको विकास गराउनका लागि नि स् शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जनक नन्दनी होस्पिटल प्रा.लि.सञ्चालक बसन्त यादवले जानकारी दिए ।
दुईजना डाक्टरहरुले जाँच गर्ने उनको भनाइ छ । स्वास्थ्य शिविरमा ब्लड प्रेसर, सुगर, ज्वरो,जेनरल मेडिसिन , सर्जरी सेवा,वाल रोगसेवा, तौल र औषधिको पनि नि शुल्क बेवास्ता गरिएको थिए ।
नि: शुल्क स्वास्थ शिविरमा १ सय भन्दा बढी बिरामी प्रत्यक्ष रुपमा स्वास्थ शिविर लाभ उठाएका सो स्वास्थ शिविर सञ्चालक बसन्त यादवले बताउनु भए ।
Discussion about this post