उमेश कुमार साह
बोदे बर्साईन । सप्तरीको पश्चिमवर्ती सिमाना नाका बोदे बर्साईन नगरपालिका वडा नम्बर ६ खमगडा गाउँ नजिक रहेको नहर स्थित भारत बाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको १ लाख ५२ हजार ७ सय रुपैया बराबरको अबैध लत्ताकपडा सशस्त्र प्रहरी बल निर्वाचन सुरक्षा बेश क्याम्प, क्षेत्र न .४ बोदे बर्साईनबाट खटिएका स.प्र. नि र स. प्र .ना नि.को टोलिले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल निर्वाचन सुरक्षा बेश क्याम्प, क्षेत्र न .४ बोदे बर्साईनबाट खटिएका स.प्र. नि र स. प्र .ना नि.को खटिएको गस्ती टोलीले अबैध रुपमा भन्सार छली टाउकोमा बोकेर तथा विभिन्न माध्यमबाट नेपाल तर्फ ल्यादै गरेको सो परिणामको अबैध लत्ताकपडा बरामद गरेको हो ।
सशस्त्र प्रहरी टोलीलाई तस्करहरुले देखेपछि कपडा फालेर फरार भएको सशस्त्र प्रहरी बल नेपाल बोदे बर्साईन सप्तरीले जनाएको छ ।
बरामद अबैध लत्ताकपडा आबशयक कारबाहीको लागि राजबिराज भन्सार कार्यालय कुनौलि, सप्तरीमा पठाईएको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण का प्रमुख सशस्त्र प्रहरी बल उपरीक्षक एसपी तिर्थ राज गौतमले जानकारी दिए ।
Discussion about this post