जनकपुरधाम । चुनाव प्रचार प्रसारको अन्तिम दिन तराई मधेश लोकतान्त्रिक पार्टीका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेश सभा सदस्यका उम्मेदवार असगर अलीले बिहीबार जनकपुरधाम बजारमा कलश यात्रा र रोड शो कार्यक्रम गरेका छन् ।
स्थानीय महावीर चोकबाट दिउँसो निकालिएको कलश यात्रा र रोड शो राम चोक, जनक चोक, शिव चोक, भानु चोक, मिल्स एरिया, देवी चोक, जानकी चोक, शुक्रवारी बजार हुदै पुनः महावीर चोकमा आइकोण सभामा परिणत भएको थियो ।
कलश यात्रा र रोड शोमा तमलोपा की महिला नेतृ विभा ठाकुर, जनकपुरधाम उपमहानगरपालिका पूर्व मेयर श्रवण साह, तमलोपाका केन्द्रीय सदस्य उमेश मण्डलसहितका नेता, पार्टी कार्यकर्ता तथा उम्मेदवार अलीका सयांै समर्थकहरुको सभागिता रहेको थियो ।
कलश यात्रा र रोड शोमा सर्वसधारण जनताले उम्मेदवार अलीलाई ठाउँठाउँमा स्वागत र जितका शुभकाना दिइरहेका थिए ।
इता, कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार अलीले म नेता होईन जनकपुरधामको बेटाको रुपमा जनकपुरधामवासीसँग भोट मागेका थिए ।
‘म यो शहरमा जम्मे हुर्केको छु, यहाँको माटोसँग प्रेम छ, यहाँको धर्मसास्कृतिसँग औधी लगाव छ,उम्मेदवार अलीले भने,‘ म उपमेयर हुदाँ गरेको विकास निर्माणको कामको मुल्याङ्गकन गरेर मतदान गर्नु होला । अन्य पार्टीका नेताहरु जस्तो दलबदलु र अवसरवादी होईन । म सधंै जनकपुरधामवासीकै सेवामा ४५ वर्ष खर्जेको छु । मैले जनकपुरधाम र जनकपुरवासीको लागिको गरेको योगदानलाई एक पटक सम्झेर मतदान गर्नुहोला ।’
अर्को प्रशंगमा उम्मेदवार अलीले मधेशी जनताको हक अधिकारको सवालमा सबै राष्ट्रिय पार्टीहरु एउटै मानसिकता रहेको आरोप लगाएका छन् ।
मधेश केन्द्रित दलहरु सत्ता स्वार्थका कारण मधेशको एजेण्डा छोडेर मधेश विरोधी पार्टीसँग चुनावी सहकार्य गरेको दाबी गर्दै नेता अलीले भने,‘ अव मधेश केन्द्रितहरुको प्राथमिकतामा मधेश र मधेशी जनता रहेनन्, उनीहरु आफ्नो सत्ता र स्वार्थ सिद्ध गर्न कोही कांग्रेस माओवादीसंग त केही एमालेसँग चुनावी गठबन्धन गरेका छन् । उनीहरुलाई मधेश र मधेशी एजेण्डासँग अव कुनै सरोकार रहेनन् ।’
Discussion about this post