जनकपुरधाम । काठमाडौं ७ का स्वतन्त्र उम्मेदवार रहेका किरण केसीले मन जिते तर चुनाव जितिन बताएका छन् ।
क्रस खुकुरी चुनाव चिह्न पाएका केसी आफूले चुनाव जित्ने दाबी गरिरहेका थिए, तर ६१ हजार दुई सय ९१ जना मतदाता रहेको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली विजयी भएका छन् ।
केसीले अष्ट्रेलियाबाट मेकानिकल इन्जिनियरिङमा मास्टर्स गरेका छन् । अष्ट्रेलियामा आफ्नै कम्पनी खडा गरेर काम गरिरहेका छन् । तर, यस पटकको निर्वाचनमा भने उनी नेपाल आए । उम्मेदवारी दर्ता गरे । र चुनावी मैदानमा होमिए ।
उनी भन्छन्, ‘पार्टीका नेताहरूले कामै गर्न नसकेपछि जनता वाक्क भएको र आफूले बोकेको विचार र उठाएको एजेन्डाहरू राष्ट्रका लागि फाइदाजनक देखेपछि उम्मेदवारी दिएको थिए तर आज भोलि जनताले पैसा मात्र हेरेर भोट दिने गरेका र सो का दौरानमा पराजुली वर्षौदेखि ठेकेदारको काम गर्दै आइरहेको हुँदा पैसाले भोट किनेको आरोप लगाएका छन्।
Discussion about this post