जनकपुरधाम । महोत्तरीको औरहीकी नेहा चौधरीले श्रीमानमाथि लगाएको आरोपबारे पहिलो पटक श्रीमानले आफ्नो कुरा राखेका छन् । उनले श्रीमतीले लगाएको आरोप झुठो रहेको भन्दै पत्रकार सम्मेलन गरी आफ्नाे धारणा राखेका छन् ।
महोत्तरीको औरही नगरपालिका वडा नम्बर १ की नेहा चौधरीको ९ महिना अगाडि रामगोपालपुर नगरपालिका वडा नम्बर ५ का पंकज चौधरीसंग विवाह भएको थियो । नेहा र पंकज प्रेम सम्बन्धमा रहेकाले दुबैको परिवारबीच सहमति भएर विवाह भएको थियो ।
काठमाण्डुमा अध्ययनरत रहेकै बेला नेहा र पंकज प्रेममा परेका थिए । पंकज एमडी सकाएर विवाह गर्ने योजनामा रहे पनि नेहाकै दबाबमा एमडी नसकाउँदै विवाह गर्ने निणर्यमा पुगे । दुबैको विवाह २०७८ फागुन २५ गते विवाह भएको थियो ।
तर विवाह भएको केही महिना नबित्दै दुबैबीचको सम्बन्ध चिसिन थाल्यो । गत महिना मात्रै नेहाले श्रीमान आफूमाथी शारीरिक तथा यातना दिदै आएको आरोप लगाइन् । यसका साथै दाइजोका लागि पंकजले पटक पटक कुटेको नेहाको आरोप थियो । उनले आफू काठमाण्डुमा संगै बस्ने कुरा गरेपछि आफूलाई निर्घात कुटपीट गरेपछि बाध्य भएर माइत आएको बताइन् ।
यता नेहाले लगाएको यो सबै आरोप निराधार रहेको पंकजको दाबी छ । नेहाले आरोप लगाएको एक महिनापछि पंकजले नेहाले लगाएको सबै आरोप झुठो रहेको दाबी गर्दै उल्टै नेहाले नै आफूलाई मानसिक यातना दिदै आएको आरोप लगाएका छन् ।
पंकजका अनुसार बिहे भएको केही दिन नबित्दै नेहा सानोतिनो कुराको विषयलाई लिएर झगडिदै आएकी थिइन् । उनले भने ‘नेहा सानो सानो विषयमा पनि झगडा गर्थिन, म सम्बन्ध बचाउनका लागि पटक पटक मनाउने प्रयास गर्थे ।’ अगाडि भने ‘मैले नेहामाथि कहिल्यै हातपात गरेको छैनौ, बरु पटक पटक उनलाई बचाउने प्रयास गरेको छु ।’
पंकजका अनुसार नेहाले पटक पटक आत्महत्याको प्रयाससमेत गरेकी छन् । बिहे पनि आफूसंग जोर जबर्जस्तीमा गरिएको पंकजको दाबी छ । आफू नेहासंग प्रेम सम्बन्धमा रहे पनि उसको यही सानोतिनो विषयमा झगडिने बानीका कारण विवाह गर्ने पक्षमा थिइन् तर उनकै दबाबका बीच विवाह गर्नुपर्यो ।
उनले भने ‘विवाहभन्दा पहिले मलाई जे डर थियो त्यही भयो, अब सम्बन्ध म बचाउन सक्दिन त्यसैले सम्बन्ध बिच्छेदको मनस्थितिमा पुगेको छु ।’
पंकज काठमाण्डुस्थित ग्रान्डी र नर्भिक अस्पतालका जनरल फिजिसियन छन् । कात्तिक ४ गते नेहाले पंकजविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घरेलु हिंसाविरुद्ध उजुरी दिइन् ।
त्यसपछि पंकजलाई प्रहरीले ३ दिन थुनामा समेत राखेको थियो । अहिले नेहाले पंकजविरुद्ध अंशको मुद्दा समेत दिएकी छन् ।
Discussion about this post