
उमेश कुमार साह २०७९ मंसिर २३ गते
सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिका- ९ बस्ने प्रनाग लाल साह एक विघा खेतमा गहुँ छरेका छन् । गहुँ उम्रेर सिँचाई गर्ने (पानी हाल्ने) बेला भइसक्यो । तर रासायनिक मल (डिएपी) नपाउँदा उनी चिन्तित छन् ।


बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवले केही दिन देखि नगर भित्रका किसान लाई नेपाली नागरिकताको फोटोकपीमा २५ किलो गरि सिफारिस दिदै गर्छ्न। नगर प्रमुख यादवको अनुसार हामीलाई धानवालीको समयमा यो जिम्मेवारी वडा कार्यालयका अध्यक्षलाई सिफारिस दिने बेवास्ता पहिला मिलाएको थिए । तर किसानको भनाइ अनुसार अध्यक्षले आफ्नो पार्टी बाला र नातेदारलाई मत्रै बाड्ने गुनासो किसानबाट आएको हामीले सुने । त्यसपछि म स्वम सम्पुर्ण किसानलाई सिफारिस दिन थालेको हु। नगर प्रमुख यादवले किसानलाई आग्रह गरेका छन हामी छिटोभन्दा थप मलको ब्यवस्थापन मिलाउदै छु।
बोदे बर्साईन नगरपालिकामा हाल २ वटा सहकारीले मात्रै मल बितरण गर्दै आएका छन। नगर प्रमुखको सिफारिस पछि आज खातुन सहकारी संस्थाले किसानहरुलाई शान्त पारे र २५ किलोका दरले वडा नम्बर ६,७,८र ९ का केही किसानलाई मल सशुल्क वितरण सुरु गरेका छन् ।
किसान भन्छन्, ‘एक विघामा गहुँ खेती गरेको छु । २५ किलो मलले के हुन्छ ?’ उनले १ बोरा दिन्छु भनेर आश्वासन दिएपनि अहिले २५ किलो मात्र उपलब्ध गराएको गुनासो गरे ।
उनको प्रश्न छ, ‘बच्चालाई चकलेट दिए जस्तै २५ किलोले कसरी खेती हुन्छ ?’ मेयर र वडाध्यक्षले गहुँको बिऊ पनि उपलब्ध गराउने आश्वासन दिएको र पछि नदिएपछि बजारबाट किन्नुपरेको गुनासो पनि उनले गरे ।
अन्य किसानको पनि गुनासो छ, ‘मल नै पाइदैन । गहुँ कसरी उब्जाउने ?’‘चुनावका बेला नेताहरु किसानको समस्या समाधान गर्छु जस्ता ठूला गफ दिन्छन्’, किसान शम्भु यादवले भने, ‘तर अहिले मल नपाउँदा कसैले एकशब्द पनि बोल्ने गरेका छैन । यसले दुःख लाग्छ ।’
बोदे बर्साईन नगर प्रमुख आतेश कुमार सिंह यादवले पहिलो लटमा ३०० बोरा मल आएको बताए । उनले भने, ‘दोस्रो लटमा पनि ३०० बोरा आयो । तर आवश्यकता बमोजिम मल नै कृषि सामग्री कम्पनी लिमिटेडले दिने गरेको छैन । हामी के गर्ने ?’
सप्तरीका अन्य पालिकाका किसानले पनि आवश्यकता बमोजिम मलखाद पाइरहेका छैन । यो पटक गहुँको बिउ समेत नगरपालिकाहरुले किसानलाई उपलब्ध गराएनन् । अहिले बजारमा गहुँ बिऊ ४० किलोको बोरा ३ हजार ८ सयमा खरिद गर्न बाध्य छन् ।
सप्तरी सहित विभिन्न जिल्लामा पनि मलखादको चरम अभाव देखिएको छ । कृषि सामग्री कम्पनी डिमिटेडले पालिकाहरुको सिफारिसमा डिलर (सहकारी संस्था)हरुलाई मल उपलब्ध गराउँछ । तर थोरै मात्रामा मल उपलब्ध गराउँदा किसानहरु आवश्यकता बमोजिम पाउन सकेका छैनन् ।
बोदे बर्साईन नगरपालिका -६ का अध्यक्ष राज कुमार यादव ‘बिरेन्द्र’ले मल अभावमा किसानहरु समस्यामा परेको बताउँछन् । आवश्कयता बमोजिम मल किसानलाई दिन नपाउँदा दुःख लागेको उनको भनाई छ ।
‘मेरो पालिकामा १० हजार बढी किसान छन् । तर मात्र १००० बोरा डिएपी कृषि सामग्री कम्पनी लिमिटेडले उपलब्ध गराएको छ’, उनले भने, ‘अब भन्नुस् १० हजार किसानलाई १००० बोरा मल कति किलोका दरले पर्छ ?’
उनले कृषि सामग्री कम्पनी लिमिटेडले गहुँको बीऊ उपलब्ध गराउने भनेर पत्राचार गरेको तर अहिले आएर दिन नसक्ने भनेपछि ठूलो समस्यामा परेको बताए । उनको गुनासो छ, ‘माथिल्लो निकाय किसानको भविष्यसँग खेलवाड गरिरहेका छन् । तर बदनाम हामी जनप्रतिनिधि भइरहेका छौं ।’
आवश्यकता बमोजिम मल नआएकाले कोटा निर्धारण गरेर पालिकाको सिफारिसमा सहकारीमार्फत सप्लाई गरिरहेको कृषि सामग्री कम्पनी लि. सप्तरीले बताए ।
उनले गहुँको बिउ आउँछ भनेर स्थानीय तहहरुमा पत्राचार गरेपनि नआएकाले दिन नसकेको स्वीकारे । भने, ‘धेरै बल गरेर गहुँको बीउ तीन गाडी मगाउन खोजेको थिए । तर एक गाडी मात्र आयो ।’