Unicode English
MadheshTop
Search
MadheshTop
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
  • Search

‘शिक्षालाई गुणस्तरीय र समतामूलक बनाइनुपर्ने’
Author Avatar मधेशटप २०७९ पुष १, शुक्रबार १६:३३

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले गुणस्तरीय तथा समतामूलक शिक्षा हासिल गर्न पाठ्यक्रममा समयानुसार परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभएको छ । शिक्षा पत्रकार समूह र युनेस्को काठमाडौँको संयुक्त आयोजनामा यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले आधारभूत तहमा विद्यार्थीको सहभागिता उत्साहप्रद देखिए पनि माथिल्लो तहमा विद्यार्थीको पहुँचमा कमी भएको बताउनुभयो ।

युनेस्को काठमाडौँका प्रतिनिधि धु्रव रेग्मीले २०७२ सालको भूकम्पले अस्तव्यस्त पारेको नेपालको शिक्षा क्षेत्रलाई कोभिड–१९ ले अरु समस्याग्रस्त बनाएको भन्दै शिक्षाको गुणस्तर सुधारका लागि सबै क्षेत्रको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।

कोरोना महामारीपछिको स्थितिमा शिक्षा क्षेत्रमा आएको परिवर्तनलाई ध्यानमा राख्दै विद्यार्थीलाई कम्प्युटर, ल्यापटपलगायत उपलब्ध गराउनुपर्ने, समयअनुसार सिकाइ प्रणालीलाई परिमार्जित गर्दै लानुपर्ने र शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याउनुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा अछाम पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउनेले आफ्नो क्षेत्रमा आधारभूत शिक्षालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय सबैभन्दा ठूलो चुनौतीको विषय रहेको बताउनुभयो ।

स्थानीयस्तरमा गुणस्तरीय शिक्षाका लागि मन्त्रालयबाटै बजेट, शिक्षक दरबन्दीआदिमा विभेदकारी विवरण भएको गुनासो गर्नुभयो । उहाँले अछाममा शिक्षक अभावको समस्या ठूलो रहेको बताउनुभयो । कार्यक्रममा सन् २०१५ मा घोषणा गरिएको दिगो विकास लक्ष्यअन्तर्गत समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र सबैका लागि जीवनपर्यन्त सिकाइका अवसर प्रवद्र्धन गर्ने बारे चर्चा गरिएको छ ।


टिप्पणी दिनुहोस्
ADVERTISEMENT
धेरै पढिएको
  • १

    बाराको कलैया हत्या प्रकरणमा एक जना पक्राउ

  • २

    अस्पतालमा शय्या र अक्सिजनको अभाव

    अस्पतालमा शय्या र अक्सिजनको अभाव
  • ३

    सामाजिक कुरीति हटाउँदै डा. यादबले गरे आदर्श विवाह

  • ४

    सिके राउतका कार्यकर्ताले धनुषामा प्रधानाध्यापकलाई चपलैचपलले पिटे

  • ५

    लक्ष्मीनियाँमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको मृत्यु

  • ६

    ६ वर्षसम्म सन्तान नभएपछि देवरसँग सुत्न दबाब दिन्थे श्रीमान्, एकदिन अचानक….

ADVERTISEMENT

सम्बन्धित समाचार

युवा नेता साह रास्वपामा प्रवेश

कांग्रेस: मधेशको चुनावी कमाण्डर सहमहामन्त्री मुक्ता यादव

मधेशमा शिक्षा अधिकार र जवाफदेहीताबारे दुईदिने कार्यशाला

एमबीबीएस पढ्न पूर्ण छात्रवृतिमा नाम निकालेपछि दासको चौतर्फी सहयोग

एमबीबीएस पढ्न पूर्ण छात्रवृतिमा नाम निकालेपछि दासको चौतर्फी चर्चा

धनुषा : लेनदेन मुद्दामा एक महिलालाई पक्राउ

जनकपुरधाममा बजार अनुगमन अभियान सक्रिय

जनकपुरधाममा दूधको शुद्धता सुनिश्चित गर्न बजार अनुगमन

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

खोज्नुहोस् गर्नुहोस्

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
सुचना विभाग दर्ता नं. २५४०/२०७७/७८

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा
समाचार संयोजक : राजन झा
न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया
सप्तरी : उमेश कुमार  साह
महोत्तरी : रञ्जन भण्डारी
बारा/पर्सा : पवन प्रसाद साह

© 2020-2026 MadheshTop | All Rights Reserved | Privacy Policy

Developed by: Samay Drishti Logo