उमेश कुमार साह : २१ पुष बिहीबार 

स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ दौड, कपर्दी, , भलिबल लगाएतका खेलहरू समाबेश गरेर बोदे बर्साईन नगरपालिकाको श्री चन्द्रा नमुना माध्यमिक बिधालयको खेलमैदानमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर— ५ मा रहेका श्री चन्द्रा नमुना माध्यमिक विद्यालयको खेलमैदानमा दोस्रो नगर स्तरिय बिधालय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका प्रदेश सभा सदस्य माननीय अनिरुद्व सिंह यादवले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि यादवले पानसमा दीप प्रज्जवलन पछि मार्च पास गरी कार्यक्रमको उदघाटन गरिएको हो ।

सो अवसरमा सांसद यादवले बोदे बर्साईन नगरपालिकामा श्री चन्द्रा नमुना मा बिधालयका रंगशाला निर्माणकालागि थप पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले संघीय, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा चन्द्रा नमुना मा बिधालयमा रंगशाला निर्माण गरिनु पर्ने बताए ।

उनले खेलक्षेत्रको विकासमा आसातित लगानी नगरिएको अवस्थामा पालिकाले यसरी बिद्यार्थीको हौसला बढाउन गरिएको यो प्रतियोगीता आफैमा सराहनीय रहेको बताए । खेल भन्ने कुरा अनुशानमा आधारित रहने भन्दै उनले बिद्यालयका गुरुहरुले भोलीका सन्ततीकालागि चनाखो हुनु पर्ने बताए । उनले स्वास्थ्य शिक्षा लगातयका मौलिक हकका कुरा संबिधानमा लेखिए पनि अझै सम्म कार्यान्वय हुन नसकेको बताए । यादवले खेल क्षेत्रको विकासकालागि आफुले सक्दो पहल गर्ने बताए । कार्यक्रममा उप-प्रमुख रेणु कुमारी साह , नगरपालिकाका प्रशासकीय प्रमुख घनश्याम यादव , नगर शिक्षा अधिकृत रामसागर यादव,बोदे बर्साईन नगरपालिकाका वडा अध्यक्षहरु ,श्री चन्द्रा नमुना मा बि का प्र अ गौरीशंकर चौधरी , खेलप्रतियोगितमा सहभागी विद्यालयका प्रधानाध्यापकहरु तथा खेलप्रेमीको सहभागीता रहेका थियो ।

प्रतियोगिता बोदे बर्साईन नगरपालिकाको शिक्षा , युवा तथा खेलकुद शाखाले आयोजना गरेको थियो । कार्यक्रमको अध्यक्षता बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवले गरेको थियो । प्रतियोगिता २० र २१ गते गरि दुई दिन आयोजना गरेको छ। सो कार्यक्रमको उध्घोसक मा बि बोदे बर्साईनका शिक्षक जितेन्द्र प्रसाद गुप्ताले गरेका छ्न।

प्रतिक्रिया!!

सम्बन्धित खबर