जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज कु्मार यादव सर्वसम्मत चयन भएका छन् ।
दलको नेता चयन गर्नका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पनि निर्वाचन नहुँदै यादव दलको नेतामा चयन भएका छन् ।
दलको नेताका लागि यादव र मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारीसमेत दर्ता गराइसकेका थिए ।तर, दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका मुख्यमन्त्री राउतले अन्तिम समयमा यादवको नाममा सहमति जनाएपछि उनी दलको नेतामा चयन भएका छन् ।
यादव मधेश प्रदेशको निवर्तमान सभामुख समेत रहेका छन् । जसपाको मधेश प्रदेश सभामा १६ जना प्रदेश सभा सदस्य रहेका छन् ।
Discussion about this post