MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

सुत्केरी मृत्यु प्रकरण : ‘अस्पताल पक्ष भन्छ हामीले ज्यान जोगाउन निक्कै प्रयत्न गर्यौ’

माधेशटप माधेशटप
२०७९ पुष २६, मंगलवार ००:२८
सुत्केरी मृत्यु प्रकरण : ‘अस्पताल पक्ष भन्छ हामीले ज्यान जोगाउन निक्कै प्रयत्न गर्यौ’

जनकपुरधाम । चिकित्सकको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु र सो पछि अस्पताल पक्षबाटै पीडित पक्षमाथि हातपातको घटना अहिले समाचार माध्यमहरुमा चर्चाको विषय बनेको छ ।

धनौजी गाउपालिका स्थित स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत जनकपुरधाम-२१ कुर्थाका अमित साहका श्रीमति २६ वर्षीया रिंकु साहको मृत्युको घटनामा मिडियाले अस्पतालको लापरबाही र पीडित पक्षसंग भएको अन्याय बारे कलम चलाएका छन् ।

जनकपुरमै अनाहकको बिल बनाउने र बिरामी लुट्ने परम्परा भने पुरानो होइन । जनकपुर स्थित धेरै अस्पतालमा बिल बढाउन नै पूणर् दक्षता हासिल नगरेका र आवश्यक उपकरण अभावमै शल्यकृया गर्दा धेरै महिलाको मृत्युसमेत भइसकेको अवस्थामा जुम्लयाहा बच्चा जन्म दिएकी आमाको मृत्यु हुनु र पटक पटक श्रीमानबाट आफ्नो श्रीमति भेट्न खोज्दासमेत अस्पताल प्रसाशनबाट रोकिनु निश्चय पनि शंकाको विषय छ ।

शल्यकृयामार्फत काव्या अस्पतालले विगतमा ४ बच्चाको सफल डेलिभरी गराइसकेको अवस्थामा जुम्ल्याहा बच्चालाई जन्म दिएकी आमाको मृत्युको कारण भने अधिकांश समाचार माध्यममा नखुलेपछि कारण खोतल्न हामीले अस्पताल पक्षसंग समेत प्रश्न राख्यौ ।

अस्पताल पक्षले मृत्यु लापरबाहीले नभइ बचाउने निक्कै प्रयास गर्दासमेत बचाउन नसकेर मृत्यु भएको प्रतिकृया दिएको छ ।

 

काव्या अस्पतालका संचालक डा.एसके सिंहले सेप्टीसेइमिक सक र हाइपोभोल्मिक सकले बिरामीको मृत्यु भएको दाबी गरेका छन् ।
उनले शल्यकृया गरेर बच्चा भइसकेपछि बिरामीको अवस्था स्थिर रहे पनि पनि रक्तश्राव बन्द नभएको र चिकित्सकिय सल्लाहमै पीडित पक्षसंग सहमति लिइ पाठेघर निकाल्ने काम भए पनि बिरामी बचाउन नसकेको जानकारी दिए।

उनले चिकित्सकले आफूले जानेका र सिकेका आधारमा कसैको ज्यान जोगाउने प्रयास गर्ने गरेको बताए ।
उनले आफूले जाचेको र उपचार गरेको कुनै बिरामीको मृत्यु होस भनेर कुनै अस्पताल वा चिकित्सकले नचाहेको बताउदै विरामीको उपचारमा त्रुटि भएर बिरामीको मृत्यु हँुदा अस्पताल र चिकित्सक दोषी हुने भए पनि यस घटनामा मृतकका परिवारलाई विरामीको हरेक अवस्था बारे अवगत गराइएको दाबी गरेका छन् ।

उनले पीडित पक्षसंग अस्पताल प्रसाशनको कुरा भएको र पीडित पक्षले समेत बिरामीको सबै अवस्था अवगत भएपछि शवसमेत बुझेर गएको डा.सिंहको भनाइ छ । उनले मृतकको र डा.सोनिया सिंहको पुरानो चिनजान र संगै काम गरेको अवस्था रहेकोमा डा. सिंहले उनको उपचारमा विशेष ध्यान दिए पनि अन्ततः उनलाई बचाउन नसकिएको डा.सिंहले बताए ।

यता सोमवार बिहान मृतकका श्रीमान अमित साहसंग भेटेका संचारकर्मीलाई मृतकका श्रीमान साहले घटना बारे केही प्रतिकृया दिन चाहेनन् । उनले सहमति भएको र शव बुझेर लगिरहेकोमात्र भने ।

यस्तो थियो घटना ः काव्या अस्पताल जनकपुरधाममा उपचारको क्रममा चिकित्सकिय लापरबाहीले धनुषा जिल्लाको जनकपुरधाम-२१ कुर्थाका अमित साहका २६ वर्षीया श्रीमति रिंकु साहको मृत्यु भएको आरोप लगाइएको थियो ।

मृतकका श्रीमान साहका अनुसार श्रीमतीलाई प्रसव पीडा भएपछि आइतबार बिहान उपचारको लागि काव्यामा भर्ना गर्दा उनको स्वास्थ्य अवस्था बेलुकी तीन बजेसम्म सामान्य रहेको थियो ।

उपचारको क्रममा गर्भमा जुम्ल्याहा बच्चा रहेको जानकारी पाए सँगै सुरुदेखि नै आफूहरु सचेत भइ नियमित रुपमा उपचार गराउँदै आएको श्रीमान साहले संचारमाध्यमहरुलाई बताएका छन् ।

‘जुम्ल्याहा बच्चा रहेकोले चिकित्सकले पनि उनको शल्यकृया नै गरेरै बच्चा जन्मिने भनिसकेकोले उनको शल्यकृया हुनेमा हामी ढुक्क थियौ’ं साहले संचारमाध्यमलाई भनेका छन ।

उनले आफ्नो भनाइमा थपेका छन,“उनको शल्यकृयाबाट बच्चा जन्मिसकेपछि अस्पताल पक्षले मेरो श्रीमतिलाई अत्यधिक रक्तश्राव भइरहेकोले तत्काल रगतको व्यवस्था गर्न भनेकोमा मैले केहीबेरमै रगत अस्पताललाई उपलब्ध गराएको थिए ।
तर सोही बेलासम्म मेरो श्रीमतिसंग कसैलाई भेटघाट गर्न दिएनन ।”

यता रगत उपलब्ध गराएको केहीबेरमै फेरि आफूलाई बोलाएर डा.सिंहले रिंकुको रक्तश्राव अझै नरोकिएकाले पाठेघर नै हटाउनुपर्ने सुझाव दिएको बताउँंदै उनले आफूले सहमति दिएको बताए ।

डा. सोनियाले रिंकुको पाठेघर हटाएर उनलाई एनआइसियूमा सिफ्ट गरिन् र आफूलाई बिरामीसंग भेट्ने अनुमति दिदै उनी घरतिर लागिन ।

यता उनकै अनुमतिमा बिरामी भेट्न खोज्दा एनआईसियुमा बिरामी भेट्न अस्पताल प्रसासनले रोकेपछि भेट्ने दबाब दिएपछि अर्का चिकित्सकले क्याबिनमा बोलाई उनको मृत्यु भएको बताए ।

बिरामीको मृत्यु भएपछि, मृत्यु लापरबाहीले भएको भन्दै आवाज उठाएपछि पीडितपक्षमाथि हातपात भएको पीडित पक्षको भनाइ छ ।

तर अस्पताल प्रसाशनले हातपात आफूहरुले नगरेको दाबी गरेको छ । तथापी अस्पतालमा हातपात भए नभएको बारे पूष्ट हुनसकेको छैन ।

तपाईको प्रतिक्रिया !

Related Posts

प्रचार विभावको संयोजकमा दीपक

प्रचार विभावको संयोजकमा दीपक

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना  गम्भीर घाइते

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गम्भीर घाइते

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

‘लम्पी स्किन रोग नियन्त्रणमा आएको छ’

‘लम्पी स्किन रोग नियन्त्रणमा आएको छ’

कन्टिर झा नमूना विद्यालयमा मतदान जारी

कन्टिर झा नमूना विद्यालयमा मतदान जारी

ताजा खबर

प्रचार विभावको संयोजकमा दीपक

प्रचार विभावको संयोजकमा दीपक

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt olu

‘मैथिली भाषा सङ्कटमा’

अभिवादन

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना  गम्भीर घाइते

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गम्भीर घाइते

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop