काठमाडौं । कर्णाली प्रदेशसभामा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ । आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ ।
प्रदेश प्रमुख तिलक परियारले बुधबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आग्रह गरेका थिए । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु पर्नेछ ।
Discussion about this post