काठमाडौँ । हाल देसमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।
सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ भने बाँबी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईमा भने हुस्सु लागेको अवस्था छ ।
मौसम पुर्वानुमान माहाशाखाका अनुसार दिउँसो सुदूरपश्चि,कर्णाली र गण्डकीको पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भृभागमा आशिक बादलीदेखि मौसम सामान्यतय सफा रहनेछ ।
सुदूरपश्चिम,कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमन हल्का हिमपातको सम्भावना रहेको छ ।
राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको आकलन गरिएको छ। सुदूरपश्चिम, कर्णाली तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको प्रक्षेपण छ।
शुक्रबार सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आकलन गरिएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
तपाईको प्रतिक्रिया !