काठमाडौं । कर्णाली प्रदेशभामा सभमुखका लागी आज निर्वाचन हुने भएको छ ।
बिहान ११ बजेका लागि निर्वाचको समय तोकिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन् ।
सभामुखका लागि दुईजनाको उमेदवारीका परेको छ ।

सत्तारूढ दलका साझा उमेदवार नेकपा ९एमाले०का प्रदेशसभा सदस्य नन्दा गुरुङको उमेदवारी परेको छ ।

नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य खड्ग पोखरेलले सभामुखमा उमेदवारी दर्ता गराएका छन् ।

एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलको प्रस्ताव तथा नेकपा ९माओवादी केन्द्र० प्रदेशसभा दलका नेता एवं मुख्यमन्त्री राजकुमार शर्माको समर्थनमा गुरुङको उमेदवारी दर्ता भएको हो ।
कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय पूर्णबहादुर खत्रीको प्रस्ताव र विजया बुढाको समर्थनमा पोखरेलले आफ्नो उमेदवारी दर्ता गराएका छन् ।

पोखरेल सुर्खेत क्षेत्र नम्बर–१ ‘क’बाट प्रत्यक्ष र गुरुङ समानुपातिकबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया!!

सम्बन्धित खबर