जलेश्वर : महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल चढ्ने गाडी बलिदानी दिवसको विदाको दिनमा व्यक्तिगत सर सामान ढुवानीमा लागेर बलिदानी दिइरहेको अवस्थामा फेला परेको छ ।
बिहीबार जिल्ला सदरमुकाम जलेश्वरमा कुनै व्यक्तिको सर सामान ढुवानी गरी लैजाँदै गरेको अवस्थामा मटिहानी नगरपालिकाका मेयर मण्डल चढ्ने प्रदेश २–०२ ००१झ००८७ नम्बरको गाडी संचारकर्मीको क्यामरा सामु परेपछि यो रहस्य बाहिर आएको छ ।
बलिदानी दिवसको अवसरमा बिहीबार मधेश प्रदेशभरि नै विदा रहेको र विदाको दिनमा सरकारी नम्बर प्लेटको गाडी आवागमनमा प्रशासनले रोक लगाइएको अवस्थामा मेयर मण्डल चढ्ने उक्त गाडिले पछाडिमा २ वटा दराज र केहि थान कुर्सी राखेर सामान ढुवानी गरी लैजाँदै गरेको अवस्थामा फेला परेको छ ।
सो गाडिको पछाडि मटिहानी नगरपालिका वडा नम्बर– ८ का वडा कायालयका कार्यालय सहयोगी आशुतोष मण्डल र सोही वडाका स्वास्थ्य कार्यालयका कार्यालय सहयोगी हेमराज मण्डल ती सामानहरु लिएर मटिहानीबाट जलेश्वरतिर आएका थिए ।
मटिहानीबाट दराज, कुर्सी बोकेर आएका उक्त गाडि मेयरका आफन्तकहाँ ती सामानहरु पु¥याउन गएको भेटिंएको छ ।
नेपाल सरकारले सरकारी विदाको दिनमा ईन्धन बचाउने उद्देश्यले अत्तिआवश्यक बाहेक कुनैपनि सरकारी गाडी नचलाउनु भनी निर्देशन दिएको र जिल्ला प्रशासन कार्यालय महोत्तरीले समेत सूचना जारी गर्दै त्यस्तो नगर्नु÷नगराउनु भनिसकेको अवस्थामा पनि मटिहानी नगरपालिकाको गाडिले ती सबै निती निर्देशनलाई अटेरी गर्दै सरकारी गाडिमा व्यक्तिगत सामान ढुवानी गरेको पाइएको छ ।
सामान्य रुपमा नीजि गाडीहरुले कुनै सानो तिनो गल्ती गर्दा पनि जिल्लामा अवस्थित ट्राफिक प्रहरी कार्यालय लगायत सरोकारवाला निकायले त्यस्ता सवारी साधनलाई कारबाही गर्ने, चलान काट्ने लगायतका कामहरु गर्दछन् । तर विदाको दिनमा मटिहानी नगरपालिकाको सरकारी गाडीमा आम मानिसको सर सामान ढुवानी भइरहँदा पनि ट्राफिक तथा अन्य कुनै पनि निकायले केहि नगर्नु कानूनी राज्यको ढाडो उल्लंघन गर्नु हो ।
मटिहानी नगरपालिकादेखि जिल्ला सदरमुकाम जलेश्वरसम्म ६ किलोमिटरको लम्बाई रहेकोमा त्यस बाटोमा सशस्त्र प्रहरीको जिल्ला कार्यालय, ट्राफिक प्रहरीको मुख्य चेकपोष्ट रहेका छन् भने मेयर मण्डल चढ्ने ती सरकारी गाडि सबैको सामुनेबाट आएको अवस्थामा पनि कसैले नरोक्नु र केहि नगर्नुले यहाँको प्रहरी प्रशासन पनि कति चुस्त दुरुस्त र कर्तव्यनिष्ट रहेको भन्ने छर्लङ्ग हुन्छ ।
Discussion about this post