उमेश कुमार साह : २१ माघ , शनिबार
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौलाको खेलमैदानमा नवनिर्मित स्टेडियमको एक कार्यक्रमको बीच शनिबार उदघाटन भएको छ ।
सप्तरी क्षेत्र नं ३ (ख) का पुर्व प्रदेश सांसद बिकेश्वर प्रसाद यादव बिक्कीको प्रमुख अतिथिमा नवनिर्मित स्टेडियमको उद्घाटन भएको हो। अहिले म जन निर्वाचित हारे पनि जनताको आर्थिक सम्मृद्धिका लागि समर्पित रहेको उल्लेख गर्दैे उनले जनताको लागी संस्थागत विकास गर्दै जनतालाई गास, बास, कपास, स्वास्थ, शिक्षा र रोजगारीको ग्यारेण्टी गर्न देशमा मधेस प्रदेशका सरकार तथा सरोकारवाला खबरदारी गर्ने तयार रहने बताए ।
जनतालाई सुखी र समुन्नत बनाउन निष्ठाको राजनीतिमा सक्रिय रहेको बताउदै जनता समाजवादी पार्टी नेपालमा आवद्ध रहेका यादवले भने हाम्रो पार्टीले पनि जनतालाई संविधान दिइसकेको र अब त्यहि संविधानमा टेकेरे देश र मधेस प्रदेशको बिकास निमार्णमा अघि बढने बताए ।
यस क्षेत्रका जनताहरुको लागि आबश्यक साना तिना आयोजना देखी ठुला स्तरका विकास निमार्णका कामलाई तिब्रता दिदै जनताको समृद्धिका लागी म सधै तयार रहने बताए ।
स्थानीय निवासि सुन्देश्वर प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व वडा अध्यक्ष जुगेश्वर प्रसाद साह, जग्गा दाता परिवारका सदस्य सुर्य नारायण साह लगायत विभिन्न तहका नेता तथा विभिन्न पार्टीका कार्यकर्ताको उपस्तिति रहेको थियो ।
Discussion about this post