जनकपुरधाम । जनकपुर हार्डवेयर व्यवसायी संघको अध्यक्षमा शशीकुमार गुप्ता सर्वसम्मत चयन भएका छन् ।
निर्वाचन प्रक्रिया सुरु हुनुभन्दा पहिलानै केही उम्मेदवारहरुले आफ्ना उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मतले गुप्ताको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा पंकजकुमार महतो, उपाध्यक्षमा सरोज साह, महासचिवमा दिनेशकुमार हाथी, सचिवमा शिवशंकरकुमार साह र कोषाध्यक्षमा मुकेश नायकलाई चयन गरिएको छ ।
त्यस्तै,सदस्यहरुमा सन्तोषकुमार गामी, ओमप्रकाश साह, प्रदीपकुमार साह, विशेश्वर महासेठ, जवाहर साह, रामप्रताप साह (व्याहुत सुडी), घनश्यामकुमार साह, सुनिलकुमार यादव र अशोक कुमार साहलाई चयन गरिएको प्रमुख निर्वाचन अधिकृत ललितकुमार साहले जानकारी दिएका छन् ।
Discussion about this post