जनकपुरधाम । निजी विद्यालयहरूको छाता संगठन एन-प्याबसनको जनकपुरधाम नगर कमिटीको अध्यक्षमा दिपककुमार ठाकुरलाई चयन गरिएको छ ।
आइतबार जनकपुरधाममा बसेको नगर कमिटीको बहुमत सदस्यहरूको बैठकले ठाकुरलाई अध्यक्षको जिम्मवारी दिइएकाे छ ।
कमिटीको उपाध्यक्षमा विनोद दास, सचिवमा शिवशंकर मिश्र, सह-सचिवमा गौरी यादव, कोषाध्यक्षमा रविशंकर विच्छा, सह-कोषाध्यक्षमा शंकर कुमार यादव र सदस्यमा अर्चना झालाई चयन गरिएको छ ।
यसअघिका नगर अध्यक्ष देवनाथ पाण्डेयले नगर कमिटी गठन भएको मितिदेखि हालसम्म एउटा पनि बैठक गर्न नसकेको र नगरभित्र नगर कमिटीलाई कुनै जानकारी नगराई आफूखुसी नगर कमिटीको क्रियाकलाप सञ्चालन गरेकोले बाध्य भएर बहुमत सदस्यहरूको उपस्थितिमा पाण्डेयलाई अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिएको हो ।
Discussion about this post