उमेश कुमार साह,
सप्तरी । बोदे बर्साईन नगरपालिकाका उप-मेयरको संयुक्त टोलीले बोदे बर्साईन नगरपालिका क्षेत्रमा भईरहेको बिकास निमार्ण कार्यको अनुगमन गरेकी छिन । बोदे बर्साईनका उप-मेयर रेणु कुमारी साहले बोदे बर्साईन नगरपालिका क्षेत्रमा विकासका गतिविधिको अनुगमन गरेकी छिन
चालू आर्थिक वर्षमा बिनियोजित रकमको सडक, कल्भर्ट,भवन , विद्यालय लगायतका भौतिक पूर्वाधार सम्बन्धी विकासमा आएको बजेटको कामको प्रभावकारिता मूल्यांकन गर्दै विकासलाई तीव्रता दिन अनुगमन शुरु गरिएको बताईएको छ् । आज बोदे बर्साईन नगरपालिकाको वडा नं. ३,५ र वडा नं. ८ लगाएत वडाहरुमा निमार्ण हुदै गरेको र निमार्णको तयारीमा रहेको सडक, कल्र्भट, भवन लगाएत विभिन्न कार्यालय मार्फत विनियोजित बजेटको कामको अवस्था जानकारी लिन अनुगमन गरेको बोदे बर्साईन नगरपालिका कार्यालयले जनाएको छ् ।
बोदे बर्साईन नगरपालिका उप-मेयर रेणु कुमारी साहको टोलीले सडक, कल्र्भट, भवन लगाएत निमार्ण भएका र निमार्ण क्रममा रहेका बिकास निमार्णको कार्यको अनुगमन गरेकी हो । ‘आएको बजेट अनुसार काम भयो, भएन भनेर नहेर्ने, काम सकिएपछि यो भएन, त्यो भएन भनेर विरोध गर्ने हाम्रो प्रवृत्ति छ, त्यसलाई अन्त्य गर्नु जरुरी छ् बोदे बर्साईनका उप-मेयर साहले भने– ‘सबैले विकासको कामको अनुगमन गर्नु जरुरी छ, काम राम्रो होस, समय मै सकियोस् भनेर अनुगमन थालेका हौ ।’ बोदे बर्साईनका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवले केही दिन देखी बिकास निमार्ण कार्यको अनुगमन थालेका छन् । बोदे बर्साईन नगरपालिका क्षेत्रमा विकास निर्माणको अनुगमन गर्ने र टोल टोलमा गएर जनता संग भेटेर विकास निर्माणका कामका बारेमा भईरहेका गतिविधिको बारेमा जानकारी लिने, जनताको समस्या सुन्ने र समाधान गर्ने कार्य बोदे बर्साईन नगरपालिका कार्यालयले शुरु गरेको बोदे बर्साईन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवले बताएका छन् । पअधिकृत यादवले बजेट लिएर काम नगर्ने निर्माण व्यवसायीलाई बोदे बर्साईन नगरपालिका कार्यालयले कार्वाही गर्दै आएको भन्दै जनताको गुनासोलाई तत्कालै सम्बोधन गर्न आफुहरु तल्लीन रहेको बताएका छन् । समय अनुकुल जनप्रतिनिधीहरु र कर्मचारीले बिकास निमार्ण कार्यको अनुगमन गर्दै आएको बताईएको छ् ।
दुरदराजका गा“उमा बिस्तारै बिकासका पूर्वाधारले स्थान पाउन थालेका बताउदै बोदे बर्साईनका उप-मेयर रेणु कुमारी साहले बिकास निमार्ण कार्यमा बदमासी गर्ने जो कोही भएपनि कार्वाही गर्ने बताएकी छिन् । वडाहरुमा थोरै भएपनि ढलान समेत सम्पन्न हुदै छ् । बर्षायाममा पानी भरिएर हिड्न मुस्किल हुने क्षेत्रमा ग्रेबल बाटो, पक्की सडक निमार्ण गरे पछि स्थानिय खुशी छाएको छ भने आवश्यकता अझ बढ्दै गएको पनि छ् । नगरपालिका क्षेत्र भित्र निर्माणधिन अवास्थामा रहेको योजनाको अनुगमन गर्दा विकास निर्माणले गती लिएको पाईएको छ् । बिकास निमार्ण कार्यको अनुगमन टोलीमा बोदे बर्साईन नगरपालिकाका कार्यालयका ईन्जिनियर दिनेश कुमार ठाकुर , सव–ईन्जिनिय सत्यनारायण यादव ,पत्रकार उमेश कुमार साह लगाएत रहेका थिए ।
Discussion about this post