
उमेश कुमार साह
बोदे बर्साईन: २४ फागुन- ११३ औँ अन्तराष्ट्रिय नारी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । जमिन तथा उत्पादनका साधनमा महिलाको समान स्वामित्व, उत्पादनमा बराबरी सहभागिता र उपभोगमा बराबरीको ग्यारेन्टी भन्ने धारणाका साथ प्रत्येक वर्ष विश्वभर नारी दिवस मनाउन लागिएको हो । कार्यक्रमका प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाका नगर उपप्रमुख रेणु कुमारी साह रहेकी थियो ।भने बिशिस्ट अतिथि बोदे बर्साईन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव ईन्जिनियर बिनोद कुमार साह, अतिथिहरुमा वडा नम्बर २ का अध्यक्ष राम प्रसाद राम , शिक्षक अनिल कुमार यादव , प्रहरी लगायत सयौं संख्यामा विभिन्न संघसंगठनका महिलाहरुको उपस्थित रहेको थिए ।बोदे बर्साईन नगरपालिका महिला तथा बालबालिका शाखाका संयोजक बिभा कुमारी यादवको अध्यक्षतामा कार्यक्रम भएको थिए।


लागि आवाज बुलन्द गर्ने यो ऐतिहासिक दिवस नेपालमा वि.सं. १९७५ देखि मनाउन थालिएको हो । तर पछिल्लो समय नेपालका धेरै महिलाहरु सार्वजनिक क्षेत्रमा प्रवेशसँगै रोजगारीको अधिकार सुनिश्चित हुनुपर्ने, मताधिकारको व्यवस्था हुनुपर्ने जस्ता विषयहरुमा केन्द्रित हुन थालेका छन् र बहसहरु पनि दिनदिनै चलिरहेका छन् ।
नेपालको सन्दर्भमा नारीहरुको जनसंख्याको तथ्यांक हेर्ने हो भने ५१.५ प्रतिशत महिला छन् भने ४८.५ प्रतिशत पुरुष रहेका छन् । यहाँनेर पुरुषभन्दा नारीको संख्या ८ लाखले बढी छ । तर पनि महिलाहरु पछि परिरहेको अवस्था छ । त्यसैले महिलाहरुलाई अब मानसिक रुपमा नै नेतृत्वतिर लैजानु आवश्यक छ । हुन त नेपालको संविधान २०७२ ले पनि महिला हक अधिकारको कुरालाई जोडतोडका साथ सुनिश्चित गरेको छ । तर महिलाहरुले यो सम्बन्धि अधिकारको पूर्ण कार्यान्वयनको चरणमा पुग्न सकिरहेका छैनन् ।
यो भनिरहँदासम्म देश तथा विदेशमा कैयौँ महिलाहरु घरेलु हिंसाको सिकार भइरहेका छन् । दमन र शोषण अनि बेचबिखनका रुपमा देशका कुना काप्चाहरुमा अवैधरुपमा बस्न बाध्य छन् । महिलाका हक अधिकारका लागि कति संघसंस्थाहरु दिनरात नभनी खटिरहेको छ । तर पनि महिला अधिकारका कुराहरु केही मात्रामा सहज भए तापनि मुख्य जालो अझै हट्न सकेको छैन । जसले गर्दा अधिकांश महिलाहरु आफ्नो जीवनलाई त्यति अगाडि बढाउन सकेका छैनन् । महिलाहरु राज्यका मुख्य तहमा नपुगेका पनि होइन तर महिलामैत्री वातावरण र चेतना कतिपय देशमा पुग्न नसक्दा महिलाहरु ओझेलमा परेका छन् ।
यहाँसम्म कि तराईका ग्रामीण भेगका महिलाहरु अझै पनि शोषित पीडित छन् । उनीहरुको लागि नारी दिवसले छुन सकेको छैन । नारी दिवसको अवसरमा सदरमुकाममा विविध कार्यक्रमहरु गरिन्छ, लाखौं करौडौ बजेट सक्याइन्छ तर ति घुँघटमा रहेका महिलाहरुले अझैसम्म आफ्नो हक, अधिकार, समानता केही बुझ्न सकेका छैनन् । न त उनीहरुलाई कसैले बुझाउने प्रयास गरेको छ । उनीहरुको जीवन भनेकै घरभित्रै आफ्नो सन्तान सहित परिवारहरुलाई स्यहार सुसारमै वित्नुपर्ने हो भन्ने मनसाय छ ।
सदरमुकाममा तीन तारे होटलहरुमा कार्यक्रम गरि नारी हक अधिकारको ठूलठूला भाषण गरिन्छ । तर त्यही भाषणलाई कसैले पालना गर्दैनन् । जसले ठूलठूला भाषण गर्छ, यसैको घरमा महिला हिंसाको शिकार बनेको हुन्छ, यस्ता थुप्रै उदाहारणहरु छन् । नारी दिवसलाई ठूलठूला नारा दिएर, एक दिन मात्रै दिवस मनाएर महिलाहरुको अधिकार पुरा हुँदैन । महिलाहरु शोषणबाट उन्मुक्ति पाउँदैनन् । त्यसैले नारी दिवसलाई एक दिन मनाएर होइन, तिनीहरुको हक अधिकार दिएर, महिला हिंसा न्यूनीकरण गर्नमा सहयोग गरे मात्रै यो दिवसको औचित्य पुरा हुन्छ ।