उमेश कुमार साह
पतंजलि योग समिति बोदे बर्साईन नगरपालिकाको आयोजनामा मंङ्गलबार ५ दिने नि:शुल्क योग विज्ञान शिविर बोदे बर्साईनमा सम्पन्न भएको छ ।
योग गरौँ निरोगी बनौँ भन्ने उद्धेश्यका साथ समाजमा भएका हरेक मानिस स्वास्थ्य रहन आवश्यक भएकाले कार्यक्रमको आयोजना गरिएको पतंजलि योग समितिका नगर अध्यक्ष संजीव कुमार अग्रवालले बताउनुभयो ।
मधेस प्रदेशका प्रदेश सभा सदस्य माननीय अनिरुद्व कुमार सिंह यादवको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थिए ।
यस्तै बिशेष अतिथीका रुपमा नेपाल पतंजलि योग समितिका केन्द्रिय प्रभारी लभदेव मिश्र ,बेलका नगरपालिका उदयपुरका मेयर अशोक कार्की , बोदे बर्साईन नगरपालिकाका उपप्रमुख रेनु कुमारी साह , लगायत कोशी प्रदेशका अध्यक्ष , मधेस प्रदेशका अध्यक्ष , विभिन्न जिल्लाका अध्यक्ष , विभिन्न स्थानीय तहका अध्यक्ष जनप्रतिनिधि तथा समाजसेवी, बुद्धिजिवि लगायतको उपिस्थती रहेको थियो ।
योग शिविर तथा हवन पुजा कार्यक्रम बिहान ४ बजे देखि ७ बजे सम्म बोदे बर्साईन स्थित श्री चन्द्रा नमूना माध्यमिक बिधालयको खेलमैदानमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका अनिरुद्व कुमार सिंह यादवले योग मानिसको जिवनमा मात्र नभई समाजमा भएका अनेकौ विशङ्गतिलाई हटाएर सभ्य समाजका लागि सबै लाग्नुपर्ने बताउदैँ मेरो क्षेत्र भित्रमा योग शिविर संचालनका लागि मधेस प्रदेश सरकारले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता दिनुभएको थियो ।
यस्तै पतंजलि योग समितिमा विभिन्न गुरु योग प्रशिक्षक द्वारा ५ दिन सम्म योग प्रशिक्षण दिनुभएको थियो ।कार्यक्रममा करिब २००० जनाको उपस्थिति रहेको थियो भने प्रशिक्षार्थी र गुरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
मानव स्वास्थ्यका लागि योग निकै नै आवश्यकता भएको कुरा योगमा आए पछि थाहा पाएको प्रशिक्षार्थी सुरेन्द्र प्रसाद साहले बताउनुभयो ।कार्यक्रमका सभापति बैजनाथ प्रसाद साहले गरेको थिए।
Discussion about this post