जनकपुरधाम । मधेस प्रदेशका सांसद सरोजकुमार सिंहले सरकारले ल्याएको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी कानुनले समाजमा विकृति फैलिएको बताएका छन् ।
प्रदेशसभाको बैठकमा बोल्दै उनले छलफलै नगरी फास्ट ट्र्रयाकको माध्यमबाट ल्याइएको (मिटरब्याज सम्बन्धी कानुनले समाजलाई विभाजित गरेको बताएका छन् ।
सांसद सिंहले संघ सरकारले सामाजिक बन्धन र सद्भावमाथि प्रहार गरिएको आरोप लगाए ।
मुलुकी ऐन र मुलुकी देवानी संहिताले तमसुक वडा कार्यालयमा दर्ता गर्नुपर्ने स्पष्ट रहेको भन्दै उनले सरकारले फास्ट ट्रयाकबाट ल्याएको अनुचित लेनदेन सम्बन्धी अध्यादेशले समाज विचलित भएको उनले बताए ।
सांसद सिंहले समाजमा साहु महाजनसँग लेनदेन गरेर आवश्यकताहरू पुरा हुने गरेकोमा सरकारले मिटरब्याज सम्बन्धी कानुन ल्याउँदा निम्न वर्गका व्यक्ति पनि अप्ठयारोमा परेको बताए ।
Discussion about this post