काठमाडाैं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रंजिता झासहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गाउँपालिकाको वडा नम्बर १ मा बाटो ढलानको कार्य गर्दा कमसल सामाग्री प्रयोगगरी गाउँपालिकाबाट प्राप्त रकम हिनामिना गरेको अभियोगमा उनीहरूविरुद्ध आज (शुक्रवार) विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झासहित निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साह र तत्कालीन सव-इन्जिनियर श्याम किसोर मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
उनीहरूले वडा नं. १ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पीसीसी ढलान कार्यमा नभएको कार्यलाई बढी काम भएको झुट्टा विवरण तयार पारी उपभोक्ता समितिलाई एक लाख ४८ हजार ९१० भुक्तानी दिइएको अख्तियारको दाबी छ ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) (ग) र (ङ) बमोजिमको एक लाख ४८ हजार९१० रुपैयाँ बिगो कायमगरी मुद्दा दायर गरिएको हो ।
Discussion about this post