महोत्तरी । महोत्तरीको मटिहानी सीमा (दशगजा) अतिक्रमण गरी बनाइएका संरचना हटाइएको छ ।
भारतको बिहार राज्यको मधुवनी जिल्लाको मधवापुर सहरमा पर्ने सीमा स्तम्भ नम्बर २९५/९ देखि सीमा स्तम्भ नम्बर २९५ सम्म नेपालको मटिहानी नगरपालिकाको वडा नम्बर ७ र ८ सँग जोडिएको सीमाको करिब तीन किलोमिटर क्षेत्रमा वर्षौंदेखि स्थानीयले निर्माण गरेका घर, टहरा, गोठ, छाप्रोहरू हटाइएको हो ।
साथै सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलेश्वर र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले शुक्रबार दशगजा क्षेत्रमा बाँधेर राख्ने गरेका मालमबेसी (वस्तु भाउ), भण्डार गरी राखेका घाँस, दाउरा, भुस, पराल, इँट्टा, ढुङ्गा, बालुवा र अन्य सामग्रीहरु हटाएर खाली गराएको हो ।
दशगजा क्षेत्रमै पार्किङ गरी राख्दै आएका दर्जनौँ भारतीय नम्बरका गाडीहरूलाई पनि शनिबारदेखि पार्किङमा प्रतिबन्ध लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
Discussion about this post