जलेश्वर । समरस नेपाल नामक संगठनको नेतृत्वमा “संस्कृति रक्षा उद्घोष” कार्यक्रम सम्पन्न भएको छ ।
श्रावण महिनाको पवित्र सोमवारका दिन महोत्तरी र धनुषाको बाह्र महादेव मठहरुमा समरसको मूल उदेश्य ‘सेवा, संस्कृति सुरक्षा’ लाई केन्द्रमा राखी सनातनी नाराहरु लगाएका छन् ।
महोत्तरीको पाटु कपिलेश्वर महादेव, टूटेश्वरनाथ महादेव, मगरथाना मंगलनाथ महादेव, पंचधूरा माई स्थान, जलेश्वरनाथ महादेव र पवित्र स्थल मटिहानीको साथै धनुषाको जनकपुरधाम, प्रानेश्वरनाथ ईटहर्वा, औरही, सतोषर महादेव, धनुषाधाम र क्षिरेश्वरनाथ महादेव महेन्द्रनगर सहितका स्थानमा एकसाथ र एकसमय मा संस्कृति रक्षा उद्घोष गरिएको छ ।
समरसका संयोजक चन्दन दुबेका अनुसार सनातनी धर्म, मूल्य, मान्यताको मर्म संरक्षणार्थ समरसले माथि उल्लेखित क्षेत्रहरुमा बढ्दै गएको धर्मान्तरणलाई ध्यानमा राखी यो जाग्रण अभियानको अनुष्ठान गरिएको छ ।
र आधुनिकताको नाममा देशमा ब्याप्त सामाजिक, आर्थिक, सांस्कृतिक बेतिथी अन्त्यका लागि यो उद्घोष गरेको जानाकारी समरसका संयोजक चंदन दुबेले जानकारी गराए ।
उनले थप्दै भने की, सनातन धर्मको मूल्यमान्यता, ग्रन्थ र साहित्यको गलत व्याख्या र भौगोलिक विभाजन को प्रयासहरुको बिरोध पनि हो यो उद्घोष ।
नेपालमा सस्तो लोकप्रियताको नाममा कहिले सीता त कहिले रामको जन्म स्थललाई बिवादको मुद्दा बनाउन खोज्ने शक्तिहरुबाट सचेत रह्न समेत आह्वान गरिएको छ ।
समरसले धनुषा र महोत्तरीका यिनै १२ शिवालय नै किन राज्यो भन्ने जिज्ञाशामा संयोजक दुबेले यसलाई केही समयका लागि भविष्यको गर्वगृहमा रह्न दिउँ भनी जवाफ फर्काए ।
करिब दुई सय जनाको उपस्थिीतिमा गरिएको संस्कृति रक्षा उद्घोषको सांगठनिक संरचना र कार्ययोजनाहरु सहित आजको समयमा सनातनी मूल्य मान्यतामा आधारित संकल्पहरु साझा गरिनेछ ।
Discussion about this post