उमेश कुमार साह: २२ असोज ,सोमबार
प्रधानमन्त्रीको बिशेष सन्देश र हरवा चरवाको न्यूनतम ज्यला बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सोमबार सप्तरीको बोदे बसाईन नगरपालिकामा सम्पन्न भएको छ ।
द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रद्वारा आयोजित अन्तरक्रियाका बक्ताहरुले सरकारद्वारा घोषित हरवा चरवा मुक्तिको घोषणा कार्यान्वयनका लागि तीनै तहको सरकारबाट पहल हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोदे बर्साईन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादव , इन्जिनियर दिनेश ठाकुर , वडा अध्यक्ष रबिन्द्र कुमार साह , राज कुमार साह , तपसी यादव लगायतको उपस्थिति रहेको छ। प्रमुख यादवले प्रधानमन्त्रीबाट भएको हरवा चरवा मुक्तिको घोषणालाई कार्यान्वयनका लागि आफ्नो पालिका प्रतिबद्ध रहेको बताउनुहुँदै यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए । प्रमुख यादव भने सरकारबाट हरवा चरवाको लागि ज्यला रेटलाई कार्यवाहन गर्ने आग्रह गरे।
हरवा चरवाहरुको पुर्नस्थापना र उहाँहरुको भावी सन्ततिको उज्वल भबिष्यका लागि सबै पक्षले ठोस योजना र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुहुँदै प्रमुख यादवले हरवा चरवामाथि कुनै किसिमको बिभेद हुन नदिन प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा हरवा चरवा परिवारका सदस्यहरुले हरवा मुक्तिको घोषणा भएपनि कार्यान्वयनमा नआउँदा आफुहरु समस्यामा रहेको बताउँदै सरकारले पुर्नस्थापनाको गरेपनि अझै आफुहरु उठिबासको समस्या भोग्नु परिरहेको बताएका छन् ।
सो अवसरमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीले हरवा चरवा पुर्नस्थापना कार्यबिधि २०७९ अनुसार हरवा चरवाहरुको लागत सङ्कलन गर्नुपर्ने उल्लेख गर्नुहुँदै त्यसका लागि स्थानीय सरकारले ठोस योजना अघि सार्नुपर्ने बताए ।
श्रीुपर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक लालुप्रसाद रामले हरवा चरवा परिवारको आर्थिक उन्नति र सशक्तिकरणका लागि द फ्रिडम फण्डको सहयोगमा जिल्लाको बोदे बर्साईन नगरपालिका सहित शम्भुनाथ नगरपालिका, डाक्नेश्वरी नगरपालिका र रुपनी गाउपालिका गरी चार वटा पालिकामा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराए ।
Discussion about this post