• सरोज मिश्र

जनकपुरधाम । प्रहरी संगठन प्रतिको आस्था,विश्वास र सम्मान जनताको हृदयमा प्रहरीले गरेको सेवा र ब्यवहार अनुरूप फरक फरक हुन सक्छ। प्रहरीको पहिलो दायित्व अंतर्गत सत्य सेवा सुरक्षणम उल्लेख गरेको हुन्छ। पुलिस, पब्लिक साझेदारी, प्रहरी हाम्रो साथी, टोल टोल मा नेपाल प्रहरी, सामुदायिक प्रहरी आदि कार्यक्रमहरु प्रहरी संगठन द्वारा प्रत्येक जिल्लाहरु मा गर्ने गरिन्छ तर यसको फायदा पुलिस र जनता भन्दा अधिक बीचौलिया लाई हुने गरेको देखिन्छ।

प्रमुख पदमा रहेका प्रायः जसो प्रहरी अधिकारीहरु को सम्बंध बिचौलियाहरु सँग प्रगाढ़ देखिन्छ। मधेस प्रदेशका प्रायः जसो जिल्ला प्रहरी कार्यालयहरु मा केहि पात्रहरु दिनहुँ फेला पर्छन।

प्रत्येक दिन कुनै न कुनै मुद्दा लाई लिएर होस, कुनै न कुनै छलफल वा बिबाद होस अथवा कुनै प्रस्ताव वा केस मिलाउने उद्देश्य बोकेर होस, कार्यालयमा देखा पडि़ रहेका हुन्छन। तिनै पात्रहरु प्रहरी अधिकारीहरु सँग बाजार मे पनि देखा पर्छन। यस्ता दृश्यहरु ले सोच्न बाध्य बनाउँछ।

आखिर इनिहरू को सम्बन्ध आखिर यति प्रगाढ़ कसरी हुन पुग्छ। कुनै पनि नयाँ प्रहरी अधिकारी आउने बित्तिकै कसरी मेलजोल बढ़ी हाल्दो रहेछ। यसरी सोच्दा धेरै कुराहरु मस्तिष्क मा आऊँनु स्वाभाविक हो।

सरुवा भएर जाने प्रहरी अधिकारीहरु ले नै आऊँने नयाँ अधिकारी सँग बिचौलियाहरु को परिचय गराएको हुनु पर्छ जस्तो अनुमान र आशंका गर्न सकिन्छ। किन भने ठ्याकै तिनै पात्रहरु नयाँ प्रहरी अधिकारीहरु को करीबी र विश्वास पात्र देखिन्छन।
बिचौलिया भनेर ब्याख्या गर्नुको तातपर्य के र किन हो भनेपछि।  उनीहरुको काम, दाम र नाम शब्द सँगै जुडेको हुन्छ।
प्रायः जसो ग्रामीण भेगका नागरिकहरु जिल्ला प्रहरी सुन्ने बित्तिकै आतिन्छन, डराऊछन।

जिल्ला प्रहरी जानू पार्यो भने त्यस्ता नबुझनेले त्यहाँ गएर कुरा गरि दिने कुरा गराई दिने पात्रको खोजी गर्छन। बिचौलियाहरुको राजनीतिक सम्पर्क पनि दरो हुन्छ र पब्लिकसँग पनि आफन्त जस्तै ब्यवहार। प्रायः जसो आसपास का गाऊँहरु मा इनिहरू का सेटर हुँदा रहेछ। कसलाई के समस्या पडेको रहेछ खोज्दै हिड्ने काम र समस्या हेर्ने बित्तिकै त्यसलाई कसरी समाधान गर्न सकिन्छ त्यो उपाय बारे आफ्नो धारणा र नम्बर दुबै राखेर जान्छन।

सामसनय लेनदेन, कुटपिट, झै झगड़ा,लागू औषध आदि इत्यादिका केशहरु सँगै अन्य जटिल केशहरु समेत मिलाउन जानेका हुन्छन यिनी बिचौलियाहरु।

कानून जानेका प्रहरी अधिकारीहरु भन्दा बढ़ी बुझ्ने, जान्ने त बिचौलियाहरु हुन्छन किन भने शाम, दाम, दंड, भेद अर्थात हरेक प्रहरी अधिकारीले के रुचाउने नरुचाउने बारे सब थाहा हुन्छ। कसलाई ब्लैक लेबल, रेड लेबल देखी डडद्धड सम्म कुन कुन दिन पुर्याउनु छ, कुन कोशेली कति खेर दिनु पर्छ, कुन मुद्दा मिलाउन कति मालपानी को लेनदेन कसरी गर्नु पर्छ, यावतका सम्पूणर् ज्ञान बिचौलियाहरु लाई ज्ञात हुन्छ।

हाम्रै समाजका कति पात्रहरु बिचौलिया कै काम गर्छन। कोही जिल्ला प्रसाशन को, कोही जिल्ला प्रहरीको, कोही स्वास्थ्य क्षेत्र त कोही शिक्षा क्षेत्रको। यसरी किटेर कसरी भन्न सकिन्छ भने, इनिहरू नकुनै ब्यापार गर्छन न जागीर, दिनभरी सम्बंधित अफिस, अड्डामैं फेला परि रहेका हुन्छन तर पनि घर परिवार देखी लिएर सम्पन्नता का साथ राम्ररी जीवन ब्यतीत गरि रहेका देखिन्छन।

कोही सामाजिक लगानिकै नाऊमा दलाली गर्दा गर्दै भाइजी समेत बन्न सफल हुँदा राहेछन त कोई प्रतिष्ठित समाजसेवी। धेरै जसो प्रहरी अधिकारीहरु ले पाउने तलब देखी लिएर उनले आर्जन गरेको सम्पति र पुरखौली सम्पति को लेखाजोखा गरे, उसले आफ्नो कार्यकालमा कति घुस खाएको होला भनेर पत्ता लगाऊंन सकिन्छ, अनुमान गर्न सकिन्छ।

धनुषा महोत्तरीमा मात्र आएकाहरु मध्ये कतिले महल बनाई सकेको इतिहास पनि छ।

सत्य सेवा सुरक्षणम को मूल मर्म के हो हाल सम्म बुझ्न एकदमै असहज छ।खास गरेर बिचौलियाहरु सँग केवल प्रहरीको मात्र होइन हरेक सेवाप्रदायी संघ संस्थाहरु को साइनो उतिनै देखिन्छ, यो कस्तो अलौकिक लीला र सम्बन्ध  ?