उमेश कुमार साह:१७ कार्तिक शुक्रबार
नेपाल विद्युत् प्राधिकरण बोदे बर्साईन बितरण केन्द्रका प्रमुख इन्जिनियर संयोग बिश्वकर्माले बोदे बर्साईन बितरण केन्द्रलाई चुहावट मुक्त बनाउने अभियानमा नेपाल बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्रका कर्मचारी , नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहितको टोलिले विद्युत् चोरी (चुहावट) गर्नेविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ ।
नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बोदे बर्साईनले यसै हप्ता देखि बिधुत बितरण हुने पालिकाको विभिन्न ठाउँमा सर्वसाधारणलाई प्राधिकरणको सहयोगमा जिङ्गल बजाएर जनचेतना दिदै विद्युत महसुल नतिरेको ६० दिन भन्दा बढी भएको छ भने तपाईको लाईन जुनसुकै बेला पनि काटिन सक्छ तथा विद्युत लाईन काटिएको ६ महिना भन्दा बढी भैसकेको छ भने तपाईको नाम कालो सुचिमा राखिनेछ भने विद्युत् चोरी तथा अवैध प्रयोग गर्दागर्दै फेला परेकोलाई कारवाही हुन्छ भने नारा सहित विभिन्न स्थानमा जिङ्गल बजाएर जानकारी गरेको छ।
प्राधिकरणका बोदे बर्साईन शाखा प्रमुख इन्जिनियर संयोग बिश्वकर्माका अनुसार गत बिहिवार मात्र बोदे बर्साईन बितरण केन्द्रमा पर्ने धेरै जस्तो स्थानहरुमा सोझै हुक प्रयोग गरी बिजुली चोरी गरिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिइ विद्युत् चुहावट नियन्त्रण ऐन अनुसार कार्यवाही गरेको जानकारी दिए । यससँगै प्राधिकरणका कर्मचारी सहितको टोलिले दैनिक छड्के जाँच पनि शुरु गरेको छ ।
‘हामीले सर्वसाधारणबाट आएका सूचनाका आधारमा पनि छड्के चेक गर्ने गरेका छौँ’, बिश्वकर्माले भने, ‘यसरी विद्युत् चोरी गर्नु र अवैध प्रयोग गर्नु समाजिक तथा कानुनी अपराध हो । हामी कुनै हालतमा कारवाही गर्छाैं ।’ अहिले चुहावाट नियन्त्रण टोलीसमेत बनाएर छड्के जाँच गर्न थालेकको बताउँदै उनले भने, ‘’ यो प्रक्रिया निरन्तर रहने जनाउँदै उपभोक्ताहरुबाट सहयोगको अपेक्षा गरेको सुनाए ।
प्राधिकरणले एक हप्तामै हजारौं रकम जरिवाना असुल गरेको छ । विद्युत् चोरी र अवैध प्रयोग गर्दा प्राधिकरणले कारवाही गर्ने मात्र नभई सामाजिक बेइज्जती पनि हुने भएकाले यस्तो कार्य निन्दनीय हुने प्राधिकरण बोदे बर्साईन बितरण केन्द्रका प्रमुख इन्जिनियर संयोग बिश्वकर्माको भनाइ छ । ‘विद्युत् चोरी गर्दा वा अवैध प्रयोग गर्दा करेन्ट लागेर ज्यान पनि जान सक्छ’, उनको भनाई छ।
धेरै सेवाग्राहीको घरमा वा उद्योगहरुमा स्वीकृत क्षमताभन्दा बढीको एमसीबी प्रयोग गरिएको पाइएपछि प्राधिकरणले सेवाग्राहीलाई त्यस्तो समस्या प्रति ध्यानाकर्षण गराएको छ । प्राधिकरणले चोरी र अवैध बिजुली प्रयोग गर्नेहरुलाई कारवाही गर्न अब प्रहरी प्रशासनको पनि सहयोग लिने भएको छ । पटकपटक चोरी वा अवैध प्रयोग गरेको पाइए प्राधिकरणले मात्र हैन, प्रहरी मार्फत पनि कारवाही अगाडि बढाइने शाखा प्रमुख बिश्वकर्माको भनाइ छ । उपभोक्त वर्गहरुमा निरन्तर तथा सहज बिधुत आपूर्तिको लागि विभिन्न किसिममा मर्मत सम्भार तथा प्रणाली सुदृढीकरणका कार्यहरु समेत संचालन भइरहेको जानकारी बितरण केन्द्रका प्रमुखले जानकारी दिए
Discussion about this post