उमेश कुमार साह:२३ कार्तिक : बिहिवार
सिरहा, कार्तिक २२ | सिरहाको लहान नगरपालिका वडा नम्बर १५ राजदेबी( ढोढना) मन्दिरको प्रांगणमा निशुल्क एक दिने स्वस्थ शिविर सम्पन्न भएको छ।
रोटरी क्लब अफ लहान र लहान नगरपालिका वडा नम्बर -४ मा अवस्थित लाईफ लाइन केयर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लिमिटेडको सहकार्यमा आयोजित उक्त निशुल्क स्वास्थ्य सिविरमा ४ सय जनाले निशुल्क चेकजाच गराउनुका साथै निशुल्क औषधि समेत पाएका छन्
शिविरमा जेनरल फिजिसियन, मुटु ,पेट , छाती ,मधुमेह तथा थाईराईड रोग विशेषज्ञ सेवा ,हाडजोर्नी तथा नशा रोग ,नाक ,कान , घाटी सम्वन्धि रोग , बाल रोग विशेषज्ञ सेवा , प्रसुती तथा महिला सम्बन्धि सम्पुर्ण सेवा , जेनरल सर्जरी सेवा लगायतका विरामीहरुलाई निशुल्क चेकजाचका साथै औषधि समेत वितरण गरिएको छ।
शिविरमा फेला परेका जटिल किसिमका रोगिहरुलाई अन्य चेकजाचहरुमा बिशेश प्रतिशत छुट समेत गरिएको डाक्टर बिवेक भिप्रले जानकारी दिएका छन्।
Discussion about this post