जनकपुरधाम । बजार ब्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपालको मधेस प्रदेश समिति गठन गरिएको छ। जनकपुरमा सम्पन्न प्रदेश भेला तथा वनभोज कार्यक्रममा ओम्सको प्रदेश समिति गठन गरिएको हो ।
ओम्स नेपालका केन्द्रीय अध्यक्ष सूर्य पराजुलीको प्रमुख आतिथ्यता मधेस प्रदेश समितिद्वारा आयोजित प्रदेश भेला तथा वनभोज कार्यक्रमबाट समिति गठन गरिएको छ ।
भेलाबाट समितिको अध्यक्षमा चन्दन कुमार साह र उपध्यक्षमा जितेन्द्र मिश्रा चयन भएको निर्वाचन समितिका अध्यक्ष शैलेस न्यौपानेले बताए । यस्तै समितिको सचिवमा सचिदानन्द मिश्रा, सहसचिवमा देवेन्द्र शर्मा, कोषाध्यक्षमा अजित कुमार झा रहेका छन् ।
समितिको सदस्यहरुमा संजय झा, रवि सिंह, संजिव कुमार ठाकुर, राजिव झा, अमरेन्द्रनाथ ठाकुर, संतोषलाल दास, संजय साह, अविनाश भगत, राहुल सिंह, प्रविण कुमार ठाकुर, सुजित कुमार ठाकुर, सुजित कुमार चौधरी, आकाश कुमार महासेठ, फुलबाबु यादव, सुजित चौधरी, जितेन्द्र प्रसाद यादव सर्वसम्तबाट चयन भएका छन् ।
भेलाबाट प्रमुख सल्लाहकार समितिमा संजय कुमार यादव, मुन्नु कुमार झा र संजिव श्रीवास्तव लाई चयन गरेका छन् ।
समितिको प्रशासन प्रमुखमा रंजित चौधरीलाई चयन गरेको छ । यस्तै लहानको संयोजकमा परितोष झा र सहसंयोजकमा रजनिश लाल कर्ण चयन भएका छन् ।