जनकपुरधाम । नेपाल चार्टर्ड एकाउण्टेन्ट संघ धनुषा जिल्ला ले आसन्न सभापती मा सि. ए. मनोज मण्डल लाई सर्वसम्मती ले चयन गरेको छ ।
चयन भए पछी उनले, पेशा तथा क्षेत्र को बृहतर आर्थिक हक हित सम्बर्धनमा संघ सक्रिय भुमिका खेल्ने बताउनु भयो ।
साथै, उक्त समितीमा कुमार यादव, आशिष ठाकुर, हेम शंकर साह लगायत अन्य पदाधिकारीहरु गरी सात सद्सिय कार्यकारीणी समिति पनि निर्बिरोध चयन हुनुभएको छ ।
सदस्यमा निर्वाचित कुमार यादव ले आफुहरु को मूल ध्येय जिल्ला तथा क्षेत्र को अर्थ, बाणिज्य लगायत सम्बद्ध बृहतर क्षेत्र को हक, हित सम्बर्धनमा, क्षेत्रगत बिज्ञ को रुपमा समन्यवकारी तथा सक्रिय भूमिका खेल्ने मा रहने बताउनु भयो ।
संघमा मान्यताप्राप्त निकायबाट सि. ए. उतिर्ण गरेकाहरु सदस्य रहने प्रावधान रहेको छ ।
संघको केन्द्रिय समिति को निर्वाचन भने यहि बैसाख २९ गते हुने जनाइएको छ !